मातृभूमीको सहयोगमा कागतीका बिरुवा वितरण

 बुधबार, असार २७, २०८० | onlinenews

२७ असार, रामेछाप । खाँडादेवी गाउँपालिका–६ माकादुममा मातृभुमी नेपाल नामक संस्थाको सहयोगमा कागतीको विरुवा वितरण गरिएको छ । मातृभूमी नेपालको सहयोगमा वडाले ५ हजार कागतीको विरुवा वितरण गरेको हो ।
वडाका नागरिकहरुको आर्थिक समृद्धिमा टेवा पुर्याउने उद्देश्यले कागतीका विरुवा वितरण गरिएको खाँडादेवी गाउँपालिका–६ का अध्यक्ष नारायण कार्कीले बताए । मंगलवार बिहान मातृभूमीसँगको सहकार्यमा वडाका प्रतिपरिवार १० देखि २० वटा विरुवा उपलब्ध गराइएको वडा अध्यक्ष कार्कीले जानकारी दिए ।
मातृभूमि नेपालका रामेछाप जिल्ला उपाध्यक्ष युवराज श्रेष्ठले केन्द्रले ६ हजार ७ सय ४३ वडामा ६७ लाख ७६ हजार ९ सय ४४ वटा कागतीको विरुवा वितरण गर्ने लक्ष्य लिएको र सोही अनुसार जिल्लाको अन्य वडाहरुमा पनि विरुवा वितरण गरिने बताए ।
संस्थाले पहिलो पटक खाँडादेवी गाउापालिका–६ माकादुमसँगको सहकार्यमा ५ हजार कागतीको विरुवा वितरण गरेको श्रेष्ठले बताए । अन्य वडामा पनि माग भए अनुसारका विरुवा वितरण गर्ने छौं उनले भने रामेछापलाई सहयोग गर्न माततृभूति नेपाल केन्द्रिय समिति तयार छ ।
‘बिरुवा दान नेपालीहरुको महा–अभियान’ भन्ने नाराको साथ नेपाललाई हरियाली नेपाल बनाउन मातृभूमी नेपाल लागेको संस्थाका केन्द्रिय अध्यक्ष रणबहादुर चन्दले बताए ।
मानिसको अस्तित्व राख्न प्रकृतिको ठुलो योगदान रहने हुँदा भुगोल सुहाउँदो विरुवाहरु वितरण गर्दै आएको उनको भनाइ छ । मागको आधारमा अन्य वडाहरुमा पनि विरुवा वितरण गर्न संस्था तयार रहेको उनले बताए ।

प्रतिकृया

Add