तीनलाल पार्क निर्माण सम्पन्न

 बुधबार, असार २७, २०८० | onlinenews

असार २७, रामेछाप । मन्थली नगरपालिकाको गौरवको आयोजना तीनलाल पार्क पटक–पटकको म्याद थपपछि निर्माण कार्य सम्पन्न भएको छ । ७ करोडको लागमा निर्माण सम्पन्न भएको तीनलाल पार्क नगरको व्यापार, व्यवसायी र आन्तरिक पर्यटन पवद्र्धनमा टेवा पुग्ने नगरले अपेक्षा लिएको छ । आवास सहित सुविधा सम्पन्न र आकर्षक भवनहरू बनेका छन् । सोही अनुसारको सेवा सुविधाको तयार भए यसले आन्तरिक र बाहिय पर्यटन प्रवद्र्धनमा कोसेढुङ्गा सावित हुने नगरले बुझाइ छ ।
मन्थली नगरपालिका–१ हाटेचौरमा अत्याधुनिक सुविधा सम्पन्न, स्विमिङ पुल, २ तले प्रशासनिक भवन, ४०८ जना क्षमताको सभा भवन, महिला पुरुष र बच्चासहितको ३ वटा पौडी पोखरी (स्विमिङ पुल), ७५ देखि १०० जना क्षमताको चेन्जिङ्ग रुम, स्नान कक्ष, चमेना गृह (क्याफटरिया भवन), टिकट घर तथा शौचालय रहेको छ । पार्क एरियालाई कम्पाउण्ड लगाइएको छ । निर्माण कार्य सुरु भएको ४ वर्षमा निर्माण सम्पन्न भएको मन्थली नगरपालिका इन्जिनियर डिल्ली अधिकारीले बताए ।
पार्क निर्माणको जिम्मेवारी पाँचपोखरी सुवेदी जे.भी. चावाहिल, काठमाण्डौंले पाएको थियो । १५ महिनामा निर्माण सम्पन्न गर्ने गरी २०७३ साल वैशाख ३१ गते सम्झौता भएको थियो । सम्झौता अनुसार २०७८ साल भाद्र ७ गते निर्माण सम्पन्न गर्नुपर्नेे थियो । तर, निर्माण व्यवसायिले समयमा काम नगरेपछि पटक–पटक म्याद थप गरिएको थियो ।

प्रतिकृया

Add