तीनलाल पार्क नगरलाई हस्तान्तरण

 शुक्रबार, असार २९, २०८० | onlinenews

रामेछाप- मन्थली नगरपालिका–१ हाटेचौरमा निर्माण गरिएको तिनलाल पार्क नगरलाई हस्तान्तरण गरिएको छ ।

करिब ७ करोडको लागतमा निर्माण गरिएको पार्क निर्माण कम्पनीले बिहीवार मन्थली नगरपालिकालाई हस्तान्तरण गरेको हो । मन्थली नगरपालिकाको गैरवको आयोजना रुपमा रहेको तीनलाल पार्क निर्माण व्यवसायिले समयमै काम नगर्दा पटक–पटक म्याद थप गरिएको थियो ।

पार्ककमा सुविधा सम्पन्न, स्विमिङ पुल, प्रशासनिक भवन, ४०८ जना क्षमताको सभा, ७५ देखि १०० जना क्षमताको चेन्जिङ्ग रुम, स्नान कक्ष, चमेना गृह, टिकट घर तथा शौचालय र प्रवेशद्वार सहितका संरचनाहरु निर्माण गरिएका छन् । निर्माण कम्पनी पांचपोखरी सुवेदी जेभी चावहिलका प्रतिनिधि सुजन कार्कीले औपचारिक कार्यक्रमकाबिच बिहीवार नगरप्रमुख लव श्रेष्ठलाई पार्कको चावि हस्तान्तरण गरेका हुन् ।

नगर गौरवको आयोजनाको रुपमा रहेको पार्क निर्माणको लागि मन्थली नगरले १७ रोपनी जग्गामा उपलब्ध गराएको थिययो । पार्क निर्माणको लागि पांचपोखरी सुवेदी जेभीलाई ६ करोड ८८ लाख २२ हजार ३ सय ७ रुपैयाँ २४ पैसामा ठेक्का परेको थियो ।

प्रतिकृया

Add