पारिश्रमिक बढाउन ट्रेड युनियन काँग्रेसको माग

 शुक्रबार, असार २९, २०८० | onlinenews

रामेछाप- श्रमिकको पारिश्रमिक बढाउन माग गर्दै ट्रेड युनियन काँग्रेस रामेछापले बिहीवार जिल्ला प्रशासन कार्यालय रामेछाप मार्फत श्रम रोजगार तथा समाजिक सुरक्षा मन्त्री शरदसिं भण्डारीलाई ज्ञापन पत्र बुझाएका छन् ।
श्रमिकहरुको न्यूनतम पारिश्रमिक २५ हजार रुपैयाँ हुनुपर्ने माग राख्दै रामेछापकी प्रमुख जिल्ला अधिकारी अनिता निरौलामार्फत ज्ञापन पत्र बुझाएका हुन् ।

नेपालको श्रम ऐन २०७४ मा ब्यवस्था भए अनुसार प्रत्येक २ ÷२ वर्षमा त्रिपक्षीय सहमतिका आधारमा श्रमजीविहरुको न्यूनतम पारिश्रमिक निर्धारण गरी श्रावणदेखि लागू गर्नु पर्नेमा सरकार र सम्बन्धीत निकाय छलफलमा बस्दा कुनै निष्कर्ष निस्कन नसकेकाले श्रमजीविहरुको हक र अधिकारका हितमा निर्णय गर्न पनि युनियनले सम्बन्धित पक्षलाई आग्रह गरेको छ ।

वर्तमान अवस्थाको आकासिदो महंगीमा सबै श्रमिकहरुको पारिश्रमिक अत्यन्तै न्यून भएको भन्दै साउन १ गते देखिनै लागू हुनेगरी न्यूनतम पारिश्रमिक २५ हजार रुपैयाँ कायम गर्नुपर्ने टे«ड यूनियन काँग्रेस रामेछापको माग छ ।

प्रतिकृया

Add