सहभागिता सुनिश्चित गर्न चुनावमा सक्रिय हुनुस् : माझी

 बिहिबार, चैत्र ३१, २०७३ | onlinenews

चैत्र ३१, रामेछाप– नेपाल माझी महिला उत्थान संघका केन्द्रीय अध्यक्ष रीता माझीले स्थानीय तहको चुनावमा उम्मेदवारी दिन माझी महिला आकर्षित भएको बताएकी छन् ।
टेवा नेपालको सहयोगमा माझी महिना उत्थान संघद्धारा आयोजीत कार्यक्रमलाई संवोधन गर्दै माझी महिलाहरु निर्वाचनप्रति आकर्षित भएको बताइन ।  वैदेशिक रोजगार र महिला सहभागिता विषयक अन्तरक्रिया कार्यक्रमका प्रमुख अतिथि समेत रहेकी माझीले स्थानीय तहको निर्वाचनमा वडा तहदेखि नै महिला उम्मेदवार अनिवार्य र गाउँ तथा नगर सभामा दलित वा अल्पसंख्यकको सहभागिता सुनिश्चित भएकाले माझी महिला अझ सक्रिय हुनुपर्नेमा जोड दिइन ।

 नेपाल माझी महिला उत्थान संघ जिल्ला कार्यसमिति रामेछापले मन्थली न.पा ८ गाइखुरामा मंगलबार आयोजना गरेको अन्तरक्रिया कार्यक्रममा उनले यस्तो बताएकी हुन् ।

उत्पीडनमा परेको माझी समुदायको लागि महिलाको कोटा र अल्पसंख्यको कोटा दुवै लिन सकिने अवसर आएकाले यो अवसर गुमाउनु नहुने संघका जिल्ला अध्यक्ष हर्कमाया माझीले वताइन ।

उनले स्थानीय तहको चुनाव गाउँको विकाससँग सम्बन्धित भएकाले पार्टी भन्दा पनि समक्ष उम्मेदवार हेरी मत दिनुपर्ने बताइन । माझी समुदायको हक अधिकारको लागि केहि गर्न सक्ने माझी महिलाले निर्धक्क भएर उम्मेदवारी दिन आग्रह पनि गरिन ।
संघले माझी समुदायको भाषा संस्कृति तथा हक अधिकारको लागि विभिन्न जिल्लामा गरेका कार्यक्रमको बारेमा जानकारी गराइएको थियो । अन्तरक्रियामा माझी समुदायको घना बस्ती रहेको मन्थली, गाइखुरा, भटौली, मुगिटार, हात्तिटार, सित्खा र खिम्तीबाट ४९ जनाको सहभागिता रहेको थियो ।

प्रतिकृया

Add