कालिका भगवती मन्दिर पुनर्निर्माण

 सोमवार, साउन १, २०८० | onlinenews

रामेछाप- जिल्ला अस्पताल रामेछापको प्राङ्गणमा रहको कालिका भगवती मन्दिर पुनर्निर्माण भएको छ । २०७२ सालको भूकम्पले क्षति गरेको मन्दिर पुनर्निर्माण गरिएको हो । हालै पुननिर्माण कार्य सम्पन्न भएको सो मन्दीरमा मूर्ति र गजुर राखेसँगै रामेछाप नगरपालिका प्रमुख लबश्री न्यौपानेले उद्घाटन गरेका हुन् ।
मन्दिरको निर्माण कार्य सम्पन्न गर्दा १० लाख ९२ हजार ६३ रुपैयाँ लागेको मन्दिर पुनर्निर्माण उपसमितिले जनाएको छ । मन्दिर निर्माणका लागि रामेछाप नगरपालिका ३ लाख, रामेछाप नगरपालिका वडा नं. ८ १ लाख, स्वास्थ्य कार्यालय रामेछाप ५७ हजार १ सय ५, जिल्ला अस्पताल रामेछाप ३ लाख ८३ हजार, नेपअस एशोसियसनको १० हजार र अस्पतालका कर्मचारी तथा विभिन्न व्यक्तिहरुबाट ३ लाख ४१ हजार १ सय ४४ गरी ११ लाख ९१ हजार २ सय ४९ रुपैयाँ रकम संकलन भएको उपसमितिले जनाएको छ ।
मन्दिर निर्माण गरी बचेको ९९ हजार १ सय ८६ रुपैयाँ रकम मन्दिर पुनर्निर्माण उपसमितिको खातामा रहेको जिल्ला अस्पताल रामेछापले जानकारी दिएको छ ।

प्रतिकृया

Add