गोरु काटेको अभियोगमा ५ जना पक्रउ

 मङ्लबार, साउन २, २०८० | onlinenews

खोटाङ– खोटाङमा गोरु काटेको अभियोगमा पाँच जनालाई प्रहरीले पक्राउ गरेको छ । गोरु मारेर मासु भाग लगाउँदै गरेको अवस्थामा पाँच जनालाई पक्राउ गरिएको खोटाङ प्रहरीले जनाएको छ ।
ऐसेलुखर्क गाउँपालिका–४ जलेश्वरीस्थित रमितेमा आइतवार गोरु काटेर मासु भाग लगाइरहेको अवस्थामा खिमाया तामाङ, दावा तामाङ, बुद्धिमान तामाङ, मोहन तामाङ र हेमकुमार तामाङलाई पक्राउ गरिएको जिल्ला प्रहरी कार्यालय खोटाङका सूचना अधिकारी प्रहरी निरीक्षक बेनु कार्कीले जानकारी दिए ।
पक्राउ परेका उनीहरु विरुद्ध सोमवार जिल्ला अदालतबाट सात दिनको म्याद लिएर अनुसन्धान अघि बढाइएको प्रहरीले जनाएको छ ।

प्रतिकृया

Add