कृषकलाई ब्याडको बोका प्रदान

 बुधबार, साउन ३, २०८० | onlinenews

रामेछाप– खाँडादेवी गाउँपालिका–७ का बाख्रा पालक कृषकहरुका लागि ब्याडको बोका प्रदान गरिएको छ । खाँडादेवी गाउँपालिकासँगको सहकार्यमा बिएम जेट जर्मन, चाइल्ड एड नेटवर्क फाउण्डेसन नेपाल (क्यान) को आर्थिक सहयोगमा सामुदायिक विकास समाज सिडिएस मन्थली मार्फत सञ्चालिक स्किल नेपालको प्राविधिक सहकार्य तथा व्यवसायिक तथा प्राविधिक सीप र कृषि तालिम मार्फत रोजगारी सिर्जना र उद्यमशीलता प्रवर्धन परियोजना अन्तर्गत कृषकलाई ब्याडको बोका प्रदान गरिएको हो ।

सामुदायिक विकास समाज सिडिएसको आयोजना तथा स्किल नेपालको प्राविधिक सहकार्यमा २०७९ पौष १३ गतेदेखि १९ गतेसम्म सञ्चालन गरिएको ७ दिने बाख्रा पालन तालिममा सहभागि कृषकहरुका लागि जमुनापारी जातका २ वटा व्याडको बोका वितरण गरिएको सामुदायिक विकास समाजमा फिल्ड संयोजक सुकराम घिसिङले जानकारी दिए । घिसिङका अनुसार तालिम लिएका १७ जना कृषकहरुका लागि ४५ हजार रुपैयाँको २ वटा बोका सहयोग गरेको हो ।
बोका वितरण कार्यक्रमका प्रमुख अथिति वडा अध्यक्ष शिरे तामाङद्धारा कृषकहरुलाई बोका हस्तान्तरण गरिएको संयोजक घिसिङले बताए ।


कृषकलाई बोका हस्तारण गर्दै वडा अध्यक्ष तामाङले बोकालाई व्यवस्थित तरिकाले पालन पोषण गरी समुदायका सबैले प्रयोग गर्न अनुरोध गरे । यस बोकालाई पालन पोषण गरी संरक्षण गर्ने र पछि बिक्री गरी अर्को नयाँ बोका फेर्दै यसलाई बिऊ पुँजीको रुपमा बढाउदै लैजान समेत उनले आग्रह गरे ।

व्यवसायिक पशुपालनलाई सहयोग गरी विपन्न नागरिकहरुको आय आर्जनमा टेवा पुर्याउने उद्देश्यले ब्याडको बोका सहयोग गरिएको सामुदायिक विकास समाजका फिल्ड संयोजक घिसिङले बताए । समूहमा बोका सहयोग प्राप्त भएपछि बोका खोज्दै बाख्रा डोर्याएर गाउँ घुम्नु पर्ने समस्या टरेको भन्दै कृषक निमबहादुर थापामगर र मैना सिं तामाङले खुसी ब्यक्त गरे ।

प्रतिकृया

Add