फोटो पत्रकार समूह रामेछापमा विक

 शनिबार, साउन ६, २०८० | onlinenews

रामेछाप– राष्ट्रिय फोटो पत्रकार समूह रामेछापको अध्यक्षमा मिलन विक चयन भएका छन् । राष्ट्रिय फोटो पत्रकार समूह रामेछापको प्रथम भेलाले विकलाई अध्यक्ष रहेकोे ११ सदस्यीय जिल्ला कार्यसमिति गठन गरेको हो ।
जिल्ला कार्यसमितिको अन्य पदाधिकारीहरुमा उपाध्यक्ष शर्मिला विशुङ्के, सचिव– राजन महतारा, सह–सचिवमा राजकुमार श्रेष्ठ र कोषाध्यक्षमा डोरबहादुर बरुवाल चयन भएका छन् ।

त्यसैगरी कार्यसमिति सदस्यहरुमा शम्बरबहादुर हायू, सिर्जना रोक्का, प्रवीण बयलकोटी, सिर्जना रसाइली, विनीता बुढाथोकी रहेका छन् । २०५३ सालमा स्थापना भएको राष्ट्रिय फोटो पत्रकार समूहले जिल्लाहरुमा शाखाहरु गठन गर्दै आएको छ ।

राष्ट्रिय फोटो पत्रकार समूह बागमती प्रदेशका सदस्य नवराज श्रेष्ठको अध्यक्षता सम्पन्न भएको राष्ट्रिय फोटो पत्रकार समूह रामेछापको प्रथम भेलाको प्रमुख अतिथि मन्थली नगरपालिका प्रमुख लव श्रेष्ठ रहेका थिए । भेलामा राष्ट्रिय फोटो पत्रकार समूहका केन्द्रीय महासचिव घनश्याम श्रेष्ठ र कोषाध्यक्ष सागर श्रेष्ठको उपस्थित रहेको थियो ।

प्रतिकृया

Add