कान्छारामले घमण्ड गरे पार्टीबाट निकाल्छौँ : खड्का

 आइतवार, साउन ७, २०८० | onlinenews

रामेछाप- नेपाली काँग्रेस रामेछापका पूर्वसभापति रामचन्द्र खड्काले रामेछापका पार्टी सभापति पूर्णबहादुर तामाङ कान्छारामले घमण्ड गरे पार्टीबाट निकाल्ने चेतावनी दिए । कान्छारामले व्यक्तिगत कुण्ठा र अहंकारका आधारमा पार्टी चलाएको खड्काको आरोप छ । आपूmलाई मन नपरेका साथीहरुलाई मानमर्दन गर्नुका साथै कारबाही गरेको खड्काको भनाइ छ । “उनको अहंकारको विरुद्ध हामीले बारम्बार औला ठड्यायौँ तर नसुध्रिएपछि हामी यो ठाउँमा आएका हौँ” उनले भने । ‘आपूmलाई मन परेका केही मानिसहरुलाई लिएर पार्टीका साथीहरुलाई कारबाही गर्छन् भने हामी पनि कान्छारामलाई पार्टीबाट निकाल्छौँ’ खड्काले भने ।

“निर्वाचन जितेपछि हामीले भन्यौँ, हामीलाई व्यक्तिगत रुपमा केही गर्नु गर्दैन, सामूहिक रुपमा छलफल गरौँ, निष्कर्षमा पुगौँ तर उहाँले तपाइहरुको राज्यमा आउँदिन भन्नुभयो” खड्काले भने त्यसपछि हामी उहाँको विपक्षमा उभियौँ । बोरामा आलु किहियो भने कुहिएको आलू फाल्नुपर्छ बोरा नै फाल्ने होइन, कान्छारामको साथमा लागेर हामीलाई अपमान गर्न केही पुराना साथीहरुले अभियान चलाउनु भएको छ त्यसले पार्टी बाँच्दैन खड्काले भने । आफूहरुसँग संगत गरेवापत कारबाही गरिएकाहरुलाई तुरुन्त पुनर्वाहाली गर्न पनि खड्काले माग गरे । त्यसैगरी पार्टी उपसभापति नवराज थोकरलाई पार्टीको प्रचलन अनुसार पार्टीको प्रशिक्षण विभागको सभापतिमा नियुक्त गर्न पनि माग गरे ।

नेपाली काँग्रेसका स्वर्गीय नेता विश्वेश्वरप्रसाद कोइरालको ४१ औँ स्मृति दिवसका अवसरमा नेपाली काँग्रेस सुनापति गाउँपालिका–१ गुन्सीमा आयोजित वृक्षारोपण कार्यक्रममा उनले यस्तो बताएका हुन् । विपी कोइरालाको ४१ औँ स्मृति दिवसको अवसरमा नेपाली काँग्रेस रामेछापले पार्टी सभापति पूर्णबहादुर तामाङ कान्छाराम र पूर्व सभापति रामचन्द्र खड्का, पूर्व उपसभापति र भरत चौलागाई लगायतका नेताहरुले छुट्टाछुट्टै कार्यक्रमको आयोजना गरी दिवस मनाएको हो ।

पूर्वसभापति रामचन्द्र खड्का, भरत चौलागाई पक्षधर नेताहरुले सुनापती गाउँपालिका–१ गुन्सीमा वृक्षारोपण गरेका छन् भने पार्टी सभापति कान्छाराम पक्षका नेताहरुले रामेछाप नगरपालिकाको भंगेरीमा वृक्षारोपण गरेका छन् । भंगेरीमा आयोजित वृक्षारोपण कार्यक्रममा नेपाली काँग्रेसका केन्द्रीय सदस्य रमेश लेखकको सहभागिता रहेको थियो भने गुन्सीमा आयोजना गरिएको कार्यक्रममा रामेछाप जिल्लाका पूर्व पार्टी सभापति रामचन्द्र खड्का, नेता अर्जुन केसी, झनक श्रेष्ठ, भरत चौलागाई, निवर्तमान रामेछाप नगरपालिका प्रमुख नरबहादुर थापामगर, निवर्तमान उपप्रमुख सृजना खड्का लगायतका नेता कार्यकर्ताहरुको सभागिता रहेको थियो ।

प्रतिकृया

Add