अवसरवादीका कारण कम्युनिष्ट एकता असफल भयो : पोखरेल

 आइतवार, साउन ७, २०८० | onlinenews

रामेछाप- नेकपा एमालेका महासचिव शंकर पोखरेलले अवसरवादी नेताहरुका कराण कम्युनिष्ट एकता असफल भएको बताए ।
मुलुकको विकास र समृद्धिका लागि बलियो राष्ट्रिय शक्ति आवश्यक रहेको भन्दै कम्युनिष्ट पार्टीमा रहि विभिन्न कालखण्डमा आन्दोलन गरेर आएका नेताहरूलाई मिलाएर बलियो कम्युनिष्ट शक्ति स्थापित गर्ने प्रयास गरिए पनि अवसरवादी नेताहरूका कारण असफल भएको उनको भनाइ छ ।

नेपाल कम्युनिष्ट पार्टीका संस्थापक महासचिव पुष्पलालको ४५ औँ स्मृति दिवसको अवसरमा नेकपा एमाले रामेछापले आयोजना गरेको कार्यक्रमलाई संवोधन गर्दै नेता पोखरेलले यस्तो बताएका हुन् ।

मुलुकको विकास र समृद्धिको नेतृत्व गठबन्धन, संयुक्त मोर्चाका माध्यमबाट दुनियाँमा कहीँ सफल भएको छैन उनले भने अब नेपालको विकास र समृद्धिको आकाङ्क्षालाई पुरा गर्न बलियो शक्तिको आवश्यकता छ ।
नेपालमा धेरै राजनीतिक दलहरूको आवश्यकता छैन बलिया राजनीतिक दलहरूको आवश्यकता छ उनले भने । विगतमा चुनावी गठबन्धनका माध्यमबाट एउटै कम्युष्टि पार्टी निर्माण गर्ने प्रयास गरिएको भए पनि त्यो सफल हुन नसकेको पोखरेलले बताए । नेताको टाउको जोडेर बलियो आन्दोलन बनाउन सकिएन भन्ने मान्यताका आधारमा निराश हुनुपर्ने आवश्यकता भने नरहेको उनको भनाइ छ ।

जनताको विकास र परिवर्तनको आकाङ्क्षालाई नेतृत्व गर्न सक्ने सामथ्र्य राख्ने पार्टी एमाले मात्रै भएको पनि उनले जिकिर गरे । राष्ट्रको, स्वतन्त्रता, स्वाभिमान, विकास र समृद्धिको सपना पूरा गर्ने सामथ्र्य एमालेसँग मात्रै छ उनले भने ।
‘जनताको विकास र परिवर्तनको आकाङ्क्षालाई नेतृत्व गर्न सक्ने सामथ्र्य एमालेसँग मात्रै छ, यो कुरा एमाले नेतृत्वको सरकारले गरेको कामबाट जनताले बुझिसकेका छन्, उनले भने । जनताको विकास र समृद्धिको नेतृत्व गरिरहेको नेकपा एमालेलाई घेराबन्दी गर्ने र नेतृत्वमाथि आक्रमण गर्ने दूषित प्रचार भइरहेको उनले भनाइ छ ।

यसले नेपाली जनताको विकास र समृद्धिको आकाङ्क्षामा कुठाराघात भएको छ, राष्ट्रको, स्वतन्त्रता, स्वाभिमान र हित विपरीत अन्य कम्युनिस्ट पार्टीहरू आत्मसमर्पण गरेर अघि बढिरहेको छ, उनले अन्य कम्यनिष्ट पार्टीहरुमाथि आरोप लगाए ।

‘‘कम्युनिस्ट पार्टीहरूले देशको स्वाधीनता, स्वाभिमान र राष्ट्रिय हितका प्रश्नहरूमा अडान लिन सक्नुपर्ने हो । तर नेपालमा कम्युनिष्ट पार्टीका नाममा रहेका अन्य पार्टीहरू राष्ट्रको स्वाधीनता, स्वाभिमान र राष्ट्रिय हितका प्रश्नहरूमा आत्मसमर्पणवादी नीति अवलम्बन गदै अगाडी बढिरहेका छन् उनले भने ।

पुष्पलालले स्थापना गर्नुभएको नेपाल कम्युनिस्ट पार्टी आज नेकपा एमालेका रूपमा नेपालमा मात्रै होइन विश्व स्तरमै जनताबाट अनुमोदित भएको लोकप्रिय आन्दोलनका रूपमा स्थापित भएको छ उनले भने । ‘पुष्पलालले जुन मान्यताको आधारमा कम्युनिस्ट पार्टीको नेतृत्व गर्नुभयो, त्यसको ऐतिहासिक विरासतको नेतृत्व गर्ने पार्टी नेकपा एमाले हो, पोखरेलले भने । नेता पोखरेलले एमाले नेतृत्वको सरकारले पुष्पलालको जन्मथलो भँगेरीलाई व्यवस्थित गर्न गुरु योजना सहित अघि बढाएको कामलाई अहिलेको सरकारले गति दिन नसकेको भन्दै आलोचना समेत गरे ।

प्रतिकृया

Add