काँकडभिट्टाबाट भित्रियो ६ अर्बको तरकारी र फलफूल

 मङ्लबार, साउन ९, २०८० | onlinenews

 

झापा-  पूर्वीनाका काँकडभिट्टाबाट एक वर्षको अवधिमा ६ अर्ब २९ करोड ९१ लाख ४९ हजार रूपैयाँको तरकारी र फलफूल भित्रिएको छ । काँकडभिट्टास्थित प्लान्ट क्वारेन्टिन कार्यालयका सूचना अधिकारी चन्द्रकिशोर ठाकुरका अनुसार आर्थिक वर्ष २०७९/८० मा ३ अर्ब ३५ करोड ९ लाख ८१ हजार मूल्य बराबरको ताजा तरकारी र दुई अर्ब ९४ करोड ८१ लाख ६८ हजार मूल्य बराबरको फलफूल काँकडभिट्टाच हुँदै नेपाल भित्रिएको हो ।

स्वदेशमा उत्पादन भइरहेको र अझ बढी उत्पादनको सम्भावना रहेको तरकारी र फलफूल नै यति ठूलो मात्रामा भारतबाट आयात भएको हो । आर्थिक वर्ष २०७९/८० मा पूर्वीनाका हुँदै ८० करोड ९९ लाख ८४ हजार मूल्य बराबरको २५ हजार तीन सय १२ मेट्रिकटन प्याज, ६० करोड ८१ लाख ६० हजार मूल्य बराबरको ३८ हजार १० मेट्रिक टन गोलभेँडा र ३१ करोड ९८ लाख ८ हजार मूल्य बराबरको १९ हजार ९ सय ८८ मेट्रिकटन करेला भारतबाट आयात भएको कार्यालयको तथ्याङ्क छ ।

प्याज, गोलभेँडा र करेला भारतबाट आयात हुने प्रमुख तरकारी हुन् । यसैगरी एक वर्षको अवधिमा काँकडभिट्टाबाट ६८ करोड ५८ लाख मूल्य बराबरको ६ सय ७१ मेट्रिकटन स्याउ र ६२ करोड १२ लाख ४० हजार मूल्य बराबरको १५ हजार ५ सय ३१ मेट्रिकटन भूइँकटहर नेपालले ल्याएको छ ।

भारतबाट आयात हुने प्रमुख फलफूलमा स्याउ, भूइँकटहर, सुन्तला, ड्रागन फ्रुट र काँचो नरिवल हुन् । कार्यालयका सूचना अधिकारी ठाकुरका अनुसार विगत एक वर्षमा भारतबाट ३७ करोड ४ लाख ६४ हजार मूल्य बराबरको ७ हजार ७ सय १८ मेट्रिकटन सुन्तला र १९ करोड ५६ लाख २४ हजार मूल्य बराबरको ५ सय ५२ मेट्रिक टन काँचो नरिवल आयात भएको थियो ।

त्यसैरी सोही नाका भएर १९ करोड ६६ लाख ८ हजार मूल्यको तीन हजार ७२ मेट्रिकटन अङ्गुर र २६ करोड ५२ लाख ४८ हजार मूल्य बराबरको २ हजार ७ सय ६३ मेट्रिकटन अनार आयात भएको छ ।
पछिल्लो समय पूर्वी नेपालको इलाम, पाँचथर, धनकुटा, तेह्रथुमलगायत जिल्लामा किबी र झापा, मोरङ, सुनसरीलगायत विभिन्न जिल्लामा ड्रागन फ्रुटको व्यावसायिक खेती हुन थाले पनि ती फलपूmल भारतबाट हुन आयत रोकिएको छैन ।

प्रतिकृया

Add