इलाका प्रशासनमा ६ वर्षदेखि ताला

 बुधबार, साउन १०, २०८० | onlinenews

 

रामेछाप–इलाका प्रशासन कार्यालय लाप्चानेमा ६ वर्षदेखि ताला झुण्डिएको छ । जिल्लाकै दुर्गम क्षेत्रमा बसोबास गर्ने नागरिकलाई सहज सेवा दिने उद्देश्यले स्थापना भएको इलाका प्रशासन कार्यालय वर्षौदेखि बन्द रहँदा उमाकुण्डबासीले सेवा लिन सदरमुकाम मन्थली आइपुग्नु परेको छ ।

दुर्गम क्षेत्रमा बसोबास गर्ने नागरिकलाई सहज सेवा प्रदान गर्ने उद्देश्यले २०७३ सालमा स्थापना भएको इलाका प्रशासन कार्यालय लाप्चाने ६ वर्षयता बन्द छ । स्थापना भएको ७ वर्षको अवधिमा मुस्किलले १ वर्ष सञ्चालन भएको इलाका प्रशासन कार्यालय लाप्चाने ६ वर्षदेखि कार्यालयमा ताला झुण्डिएको छ ।

उच्च पहाडी भूभागमा रहेको इलाका प्रशासन कार्यालय लाप्चानेमा हम्मेसी कर्मचारी जानै मान्दैनन् । अन्य कार्यालय र सेवा सुविधा नभएकाले इलाका प्रशासन कार्यालयमा सेवा लिनेको संख्या पनि ज्यादै न्यून हुने स्थापनाकालका कार्यालय प्रमुख मकरध्वज खड्काको अनुभव छ ।

इलाका प्रशासन कार्यालयमा करिब ६ महिना बस्दा आपूmले २ सय नागरिकता जारी गरेको उनले बताए । ‘मानिस नै आउ“दैनन्, एकलास र जाडो ठाउ“ छ ’ त्यसैले पनि लाप्चानेमा कोहि जान नमानेको हो, खड्काले भने । तत्कालीन अवस्थामा लाप्चानेको निर्णय उपयुक्त भएपनि संघीयताको कार्यान्वयनको सिलसिलामा अब लाप्चाने अनुपयुक्त हुन पुगेको उनको भनाइ छ ।

सरकारले उमाकुण्ड गाउ“पालिकामा पर्ने साविकका गुम्देल, बाम्ती, कुभुकास्थली, प्रिती, भुजि, गुप्तेश्वर गाविस तथा गोकुलगंगा गाउ“पालिकामा पर्ने चुचुरे र ठोसेका नागरिकलाई नागरिकता प्रमाणपत्र, राहदानी सिफारिस र जनजाति सिफारिसको काम गर्नेगरी लाप्चाने इलाका प्रशासन कार्यालय स्थापना गरेको थियो । अन्य प्रशासनिक तथा सुरक्षासम्बन्धी काम त्यस कार्यालयबाट सम्पादन हु“दैन ।

इलाका प्रशासन कार्यालय लाप्चानेका लागि स्वीकृत दरबन्दी अनुसार सरकारले बजेट तथा कार्यक्रम दिने गरेको तर कर्मचारी जिल्ला प्रशासन कार्यालयमै बसेर काम गर्दा सेवा लिन कठिनाई भएको उमाकुण्ड गाउ“पालिका अध्यक्ष शेरबहादुर सुनुवारले बताए ।

लाप्चाने नै भए पनि सेवा सञ्चालन गर्नुपर्ने सुनुवारको भनाइ छ । अघिल्लो कार्यकालमा इलाका प्रशासनको सञ्चालनका लागि सुनुवार गृह मन्त्रालयमा पुगेका थिए । उनले कार्यालय सञ्चालन नगर्ने हो भने खारेजीको समेत माग गरेपछि गृह मन्त्रालयले तत्काल लाप्चानेमा अधिकृत कर्मचारी खटाएर केहि दिन सेवा सञ्चालन पनि गरेको थियो । तर केही दिनपछि सेवा सञ्चालन पुनः बन्द भयो । कार्यालयका फर्निचर, मेसिन औजार त्यहि“ छन् । सरकारले घर भाडा तिरिरहेको छ तर कर्मचारी भने सबै जिल्ला प्रशासन कार्यालयमा काम गर्दै आएका छन् ।

इलाका प्रशासन कार्यालय सार्ने विषयमा प्रमुख जिल्ला अधिकारी अनिता निरौलाले गत शुक्रबार बोलाएको सर्वदलीय बैठकमा दलका प्रतिनिधिहरुले छलफलका लागि समय मागेका छन् । सर्वदलिय सहमतिका लागि प्रजिअ निरौलाले बैठक बोलाएकी थिइन ।

बैठकमा केहिले इलाका प्रशासन बाम्तीमा राख्नुपर्ने बताएका थिए भने केहिले च्यादलुमा सार्नुपर्ने धारणा राखेका थिए । ‘लाप्चानेको कार्यालयमा बसेर कर्मचारीले सेवा दिएमा कार्यालय सार्नु गर्दै गाउँपालिका अध्यक्ष सुनुवारले भने अन्यथा कर्मचारी बस्ने स्थान चयन गरेर तत्काल कार्यालय सञ्चालनको वातावरण बनाउनु आवश्यक छ ।

प्रमुख जिल्ला अधिकारी अनिता निरौलाले इलाका प्रशासन कार्यालय लाप्चाने दरबन्दी भएको अधिकृत हाल सरुवा भएर अन्यत्र गएकाले अधिकृत नआएसम्म लाप्चाने इलाका सञ्चालन गर्न कठिनाइ भएको बताइन । अधिकृत आएको खण्डमा लाप्चानेको कार्यालय खोलेर स्थानीयलाई सेवा प्रवाह गर्न प्रशासन तयार रहेको प्रजिअ निरौलाको भनाइ छ ।

प्रतिकृया

Add