रामेछापको बिहीबारे हाट दिनदिनै अस्तब्यस्त बन्दै

 शुक्रबार, बैशाख १, २०७४ | onlinenews

वैशाख १, रामेछाप– करिब अढाई सय वर्ष पुरानो ईतिहास बोकेको रामेछापडाँडामा लाग्ने बिहिबारे हाटको ब्यवस्थापन हुन नसक्दा दिनदिनै भद्रगोल बन्दै गएको छ ।
राजा रणबहादुर शाहको पालादेखि तात्कालिन रामेछाप गाविस वडा नं ५ को माथिल्लो बजार (हाल आर्मी ब्यारेक परिसर) मा हाट लाग्ने गर्दथ्यो ।
२०२८ सालदेखि तल्लो बजारमा सरेको बिहीबारे हाटको अहिले राम्रो ब्यवस्थापन गर्न नसक्दा दिनानुदिन समस्या चुलिँदै गएको स्थानीय बताउँछन् ।
रामेछाप जिल्लाको पुरानो सदरमुकाम समेत रहेको त्यस ठाँउबाट २०४५ सालमा सदरमुकाम मन्थली झारिएको थियो ।
सदरमुकाम मन्थली झारिनु पहिले रामेछाप जिल्लाको रामेछाप बजारको रुपमा स्थापित थियो रामेछाप हाट । रामेछाप जिल्लाका साथै जिमेकी जिल्लाहरुबाट समेत रामेछापको बिहीबारे हाटमा किनमेलको लागि आउँने गर्दथ्ये ।
दैनिक उपभोग्य सामाग्री, कृषि उपज, लत्ता कपडा, तेल, मट्टितेल, शख्खर लगायत अन्य बस्तुको खरिद बिक्रीका लागि राम्रो स्थानीय  बजार केन्द्रको रुपमा रहेको थियो रामेछाप हाट ।
रामेछापको साँघुटार, देउराली, सालु, हिमगंगा, ओख्रेनी, रामपुर, बिजुलीकोट, भलुवाजोर, रामेछाप त्यस्तै सिन्धुलीको ग्वालटार, मुर्की ट्याङ्खोला, दोलखाको मालु, गैरीमुदि, चरिकोट लगायतका ठाँउहरुबाट मानिसहरु हाट भर्न आउने गरेको स्थानीय बुढापाकाको भनाई छ ।
मोटरबाटोको विकास र विस्तारसँगै दैनिक उपभोग्य सामाग्रीहरु उपभोक्ताको घरदैलोमै पुग्ने भएपछि पहिलेको तुलनामा अहिलेको हाट पातलो बन्दै गएको स्थानीयहरु बताउँछन् ।
रामेछाप नागरपालिकामा पर्ने ‘भालुखोपका ७४ वर्षीय बृद्धलाई समेत रामेछापमा हाट कहिलेखेखि लाग्न सुरु गरेको भन्ने एकीन छैन ।’ स्थानीय ७४ वर्षिय मोहनबहादुर कार्की भन्छन्– “मैले थाहा पाउँदादेखि नै यहाँ हाट लाग्ने गर्दथ्यो ।”
आपूm सानो हुँदा बजारमा तमाखु, नुन, सुर्ति, गाउँमा नै पिचामा पेलेको तोरीको तेल, मट्टितेल, सुनारपानीको मचावारीमा बनाएका छालाका जुत्ता, शख्खर, खाडीको लुगा,  फापरको रोटीजस्ता बस्तु बिक्री हुने गरेको अनुभव सुनाए ७४ वर्षिय बुद्ध कार्कीले ।
अर्को ७७ बर्षिय बृद्ध रामेछापका पूर्व प्रधानपञ्च समेत रहेका कृष्णराम श्रेष्ठले पनि हाट कहिलेदेखि बसेको हो भन्ने कुरा आपूmलाई थाहा नभएको बताए ।
त्यतिबेलाको हाटमा जफेको चामल, गैरीमुदिको आलु, सिन्धुली ट्यांङखोलाको तामा, काठमाडौंको तमाखु, मचवारीको छालाको जुत्ता खुबै बिक्री हुन्थ्य उनले भने ।
रामेछापको माथिल्लो बजारमा हाटको लागि पर्याप्त ठाउँ नभएपछि २०२८ सालमा बिच बजार (तल) सारिएको कृष्णराम श्रेष्ठले बताए । त्यतिबेला हाटको लागि स्थानीय बीरबहादुर तामाङ र टिकाबहादुर तामाङको दुई कित्ता जग्गा खरिद गरी हालको हाटलाई तल्लो बजारमा व्यवस्थित गर्ने पहिलो प्रयास थियो त्यो ।
सुरुमा खाद्यान्न र पशु चौपाया, माछा मासु बिना नै लाग्ने हाटमा आजभोली नुनदेखि सुनसम्म  पाइन्छ । तर, बजारको उचित व्यवस्थापन हुन नसक्दा ब्यापारी र उपभोक्ता दुवैलाई असुविधा हुँदै आएको छ ।
बाटो किनारको चर्को घाम त छँदैछ, साँघुरो सडक आसपासमा हुने सवारी पार्किङ्गले पैदल यात्रीलाई समेत हिड्न बाधा पुग्ने गरेका छ । अझ निर्माणाधिन अवस्थामा रहेको रामेछाप नगरपालिकाको भवनले त झन् हाटलाई भाँग्राको टोपीमा गुँएलाको पूmल झैं बनाएको छ ।
 निर्माण सामाग्री जथाभावी थुपारिँदा हाट भर्न आउने नागरिकहरु अफ्टेरोको मारमा परेका छन् । रामेछाप जिल्लाको एक पुरानो हाटको रुपमा चिनीने यस बजारको ब्यवस्थापनमा समयमै ध्यान नदिने हो भने कुनै बेला मानविय संकट आइपर्न सक्ने अवस्था छ ।
हाटको समयमा भूकम्प, हावाहुरी जस्ता प्राकृतिक विपत्तिले भागदौडको अवस्था सिर्जना ग¥यो भने, अब्यवस्थित बजारको कारण मानविय क्षति समेत हुन सक्ने अवस्था रहेको छ ।
सवारी पार्किङ र आवतजावत गर्ने सवारीहरुलाई व्यवस्थित् गर्न नसक्ने हो भने, सवारी दुर्घटनाको खतरा पनि त्यतिकै रहेको छ ।
सो हाटलाई सुरक्षित र ब्यवस्थित गर्नको लागि हाटको ब्यवस्थापन गर्न आश्यक छ ।

प्रतिकृया

Add