लिखु तामाकोसी राजस्व ३० लाख ७० हजार

 सोमवार, साउन १५, २०८० | onlinenews

 

रामेछाप- रामेछापको लिखु तामाकोसी गाउँपालिकाले आर्थिक वर्ष २०७९/०८० मा ३० लाख ७० हजार राजस्व उठाएको छ । अन्य पालिकाहरुको तुलनामा लिखु तामाकोसी गाउँपालिकामा राजस्व कम उठेको पाइएको छ ।
गाउँपालिकाको कार्यालय तथा पालिका अन्तर्गका वडाहरुबाट समेत गरी ३० लाख ७० हजार रुपैयाँ राजस्व सङ्कलन भएको राजस्व शाखाका कर्मचारी सुमित्रा लामाले जानकारी दिइन् ।
गाउँपालिकाले आर्थिक वर्ष २०७९/०८० मा ५० लाख राजस्व उठाउने लक्ष्य लिएकोमा ३० लाख ७० हजार ५ सय ७१ रुपैयाँ मात्रै राजस्व उठेको हो ।

लिखु तामाकोसी गाउँपालिका अन्तर्गत सबैभन्दा धेरै राजस्व वडा नं. ७ ले ४ लाख ८७ हजार १३ रुपैयाँ उठाएको छ भने सबैभन्दा कम वडा नं. ३ ले ९६ हजार ८ सय ६८ रुपैयाँ उठाएको छ । त्यसैगरी वडा नं. १ ले ३ लाख ३४ हजार २ सय ७९ रुपैयाँ, वडा नं २ ले ३ लाख ६४ हजार ८ सय ३६ रुपैयाँ, वडा नं ४ ले २ लाख ६३ हजार ८ सय ७ रुपैयाँ, वडा नं ५ ले ३ लाख ४४ हजार ३९ रुपैयाँ र वडा नं ६ ले ३ लाख १२ हजार १ सय ८५ रुपैयाँ राजस्व संकलन गरेको छ ।
गाउँपालिका कार्यालय अन्तर्गत विभिन्न शीर्षकमा ८ लाख ६७ हजार ५ सय ४४ रुपैयाँ राजस्व सङकलन भएको गाउँपालिकाले जनाएको छ । अघिल्ला आर्थिक वर्षहरुमा भन्दा गएको आर्थिक वर्ष राजस्व सङ्कलनमा सुधार आएको गाउँपालिकाको भनाइ छ ।

प्रतिकृया

Add