सरकारलाई नेभ्ला रामेछापको ज्ञापन–पत्र

 सोमवार, साउन १५, २०८० | onlinenews

 

रामेछाप– लम्पी स्किन सङ्क्रमण नियन्त्रणका लागि नेपाल पारा भेटेरीनरी एण्ड लाइभष्टक एसोसिएसन रामेछापले संघीय सरकारलाई ६ बुँदे मागसहित ज्ञापन–पत्र बुझाएको छ ।
महामारी नियन्त्रणमा संघीय सरकारले ध्यान नदिएको भन्दै नेभ्ला रामेछापले रामेछापका प्रमुख जिल्ला अधिकारी अनिता निरौला मार्फत प्रधानमन्त्री तथा मन्त्री परिषद कार्यालयलाई ज्ञापन–पत्र बुझाएको हो ।
बागमती प्रदेश कमिटीको निर्देशन अनुसार कृषकहरुको हितमा ६ बुँदे माग सहित सरकारलाई ज्ञापन–पत्र बुझाइएको नेभ्ला रामेछापले जनाएको छ । ज्ञापन–पत्र नेभ्ला बागमती प्रदेश संयोजक मुकुन्द खड्का र जिल्ला अध्यक्ष रोहिणीराज जैसीले प्रजिअ निरौलालाई हस्तान्तरण गरेका थिए ।

देशभर फैलिएको लम्पी स्किन महामारीबाट गाई गोरू र भैसीको मृत्यु हँुदा किसानले ठुलो क्षति व्यहोर्नु परेको भन्दै महामारी नियन्त्रणमा गम्भीर बन्न नेभ्ला सामेछापले सरकारलाई आग्रह गरेको छ ।
लामो समयदेखि फैलिएको लम्पी स्किन सङ्क्रमणबाट रामेछाप जिल्लामा ३ सय २८ पशु चौपाया मरिसकेका छन् । त्यसमध्य मन्थली नगरपालिकामा मात्र ४० वटा गाई भैसी मरेका छन् । गाई भैसीमा सङ्क्रमण फैलिएपछि बचाउन गाह्रो हुने र सङ्क्रमण जितेर बाँचे पनि गाई भैसीले दूध नदिने भएकाले त्यसबाट कृषकहरूले करोडौँको क्षति व्यहोर्नु परेको नेभ्लाको भनाइ छ ।
महामारी नियन्त्रणका लागि संघीय सरकारले स्थानीयलाई एक÷एक लाख रुपैयाँ उपलब्ध गराए पनि त्यसबाहेक कुनै सहयोग र चासो नदिएपछि सरकारको ध्यानाकर्षण गराउन नेभ्लाले देशव्यापी रूपमा जिल्ला प्रशासन कार्यालय मार्फत संघीय सरकारलाई ज्ञापन–पत्र बुझाएको नेभ्ला बागमती प्रदेशका अध्यक्ष मुकुन्दकुमार खड्काले जानकारी दिए ।

प्रतिकृया

Add