करेन्ट लागेर भैँसीको मृत्यु, २ लाख क्षति

 बिहिबार, साउन १८, २०८० | onlinenews

रामेछाप- रामेछापको लिखु तामाकोसी गाउँपालिका–६ खिम्तीको खानीखोलामा करेन्ट लागेर एउटा भैँसी मरेको छ । खिम्ती ढल्केवर २२० केभिए प्रसारण लाइनमा करेन्ट सट हुँदा केशव कार्कीको गोठामा बाँधेको अवस्थामा भैँसीको मृत्यु भएको हो ।

प्रसारण लाइनको नाङ्गो तारले कार्कीको घर नजिकै रहेको बाँस झाङमा छुँदा करेन्ट सट भएको वडा अध्यक्ष शिवप्रसाद न्यौपानेले जानकारी दिए । करेन्ट सट हुँदा घरमा रहेका इलेक्ट्रोनिक सामानहरु सम्पूर्ण जलेको वडा अध्यक्ष न्यौपानेले बताए । मानवीय क्षति हुनबाट भने जोगिएको उनले बताए ।
करेन्टबाट सञ्चालनमा रहेका इलेक्ट्रोनिक सामानसहित करिब २ लाख रुपैयाँ बराबरको क्षति भएको जिल्ला प्रहरी कार्यालय रामेछापका सूचना अधिकारी प्रहरी निरीक्षक रञ्जन गिरीले जानकरी दिए ।

प्रतिकृया

Add