अर्घाखाँचीका २३ कलाकारको एउटै स्वर सिक्री घाँटीमा

 सोमवार, साउन २२, २०८० | onlinenews

 

सन्तोष ढुङ्गेल


अर्घाखाँचीका २३ जना कलाकारको स्वरमा सजिएको तीज गीत ‘सिक्री घाँटीमा’ बजारमा आएको छ । विशाल रायमाझीको शब्द संगीतमा अर्घाखाँचीका २३ जना राष्ट्रिय स्तरमा ख्याती प्राप्त २३ जना कलाकारहरुले स्वर दिएको उक्त गीत बजारमा आएको गायिका डोल्मा लामिछाने मगरले जानकारी दिइन् ।

२३ जना कलाकाहरुले स्वार दिएको ‘सिक्री घाँटीमा’ बोलको गीतमा लिरिक्स÷म्यूजिक विशाल रायमाझीको रहेको छ भने एरेञ्जरमा विश्वास नेपाल रहेका छन् । राजकुरमा मगरले निर्देशन गरेका उक्त म्यूजिक भिडियोका अन्य कलाकारहरुमा एलिना रायमाझी, सन्ध्या क्षेत्री र सन्तोष परियार रहेका छन् । ‘सिक्री घाँटीमा’ को कोरियोग्राफरमा एलिना रायमाझी रहेकी छन् भने सिनेमाटोग्राफरमा प्रकाश खड्का छन् । उक्त म्यूजिक भिडियो विशाल रायमाझी नामक यूट्युव च्यालनबाट सार्वजनिक गरिएको हो ।

प्रतिकृया

Add