१ सय ४० सेन्टिमिटरकी महिलाले जन्माइन् ४.२ केजीको बच्चा

 बिहिबार, साउन २५, २०८० | onlinenews

रामेछाप- रामेछाप जिल्लाको रामेछाप नगरपालिका–४ की १ सय ४० सेन्टिमिटर उचाइ भएकी महिलाले ४.२ केजीको बच्चालाई जन्म दिएकी छन् । १ सय ४० इन्च उचाइ भएकी २२ वर्षीया रुपा थापा मगरले जिल्ला अस्पताल रामेछापमा मङ्गलवार साँझ ७ बजेर २३ मिनेटमा ४.२ केजी तौलको बच्चा जन्माएकी हुन् ।
मगरको शल्यक्रियाबाट बच्चा निकालिएको जिल्ला अस्पताल रामेछापका विशेषज्ञ डाक्टर मनोज यादवले जानकारी दिए । डाक्टर यादवका अनुसार जिल्ला अस्पताल रामेछापमा यति कम उचाइ भएकी महिलो ४.२ केजीको बच्चा जन्माएको पहिलो घटना हो ।

ती महिलाले छोरीलाई जन्म दिएको अस्पतालले जनाएको छ । डाक्टर यादवका अनुसार आमा र बच्चा दुबैको स्वास्थ्य अवस्था सामान्य रहेको छ । कम उचाइकै कारण सुत्केरी हुन समस्या हुँदा ती महिला अन्य ३÷४ वटा अस्पताल पुगेर अन्तिममा रामेछाप जिल्ला अस्पताल गएकी थिइन् ।
पछिल्लो समय रामेछाप जिल्लाका मात्रै नभएर छिमेकी विभिन्न जिल्लाहरुबाट समेत जिल्ला अस्पताल रामेछापमा सुत्केरी हुन आउने महिलाको सङ्ख्या उल्लेख्य रहेको छ । २०७८ फागुन १६ गतेदेखि शल्यक्रियासहितको प्रसुति सेवा सुरु भएपछि जिल्ला अस्पताल रामेछापमा सुत्केरी हुन आउने महिलाहरुको सङ्ख्या उल्लेख्य मात्रामा बढेको अस्पताल स्रोतको भनाइ छ ।

प्रतिकृया

Add