खान बस्न सहितको निःशुल्क उपचार

 बिहिबार, साउन ३२, २०८० | onlinenews

 

रामेछाप-  रामेछापको उमाकुण्ड गाउँपालिका–४ पानीघाटका दिलबहादुर तामाङ र रङ्गमाया तामाङको ४ महिला अघि छोरी जन्मियो । अहिले ४ महिना भएकी बालिका प्रमिला तामाङको जन्मजात ओठ र तालु फाटेको थियो । जन्मजात नै ओठ र तालु फाटेको छोरी जन्मिएपछि दिलबहादुर दम्पत्ती निकै चिन्तित् थिए । फाटेको ओठ र तालु अपरेशन गरी मिलाउन सकिने भए पनि आर्थिक अवस्था निम्न भएका तामाङ दम्पत्तीले छोरीको उपचार गराउन सकेका थिएनन् । ४ महिनादेखि छोरीको उपचार गराउने विषयमा चिन्तित् तामाङ दम्पत्तीका लागि दिनेश कार्की भगवान बनेर आइदिए ।


दिनेश कार्कीको पहलमा बि.एण्ड.बि अस्पतालमा चार महिने बालिका प्रमिलाको निःशुल्क उपचार भएको छ । अपरेशन, औषधी र खान, बस्न समेत अस्तालले निःशुल्क गरिदिएको दिनेश कार्कीले जानकारी दिए । काठमाडौँ जान गाडी भाडा समेत नभएका तामाङ दम्पत्तीलाई काठमाडौँसम्म जानको लागि दिनेश कार्कीकै पहलमा उमाकुण्ड गाउँपालिका अध्यक्ष शेरबहादुर सुनुवारले गाडी भाडाको व्यवस्था गरिदिएका थिए । उपचार गर्न नसक्ने अवस्थाका विपन्न अरु पनि कोहि भए आफूलाई सम्पर्क गर्न पनि कार्कीले अनुरोध गरेका छन् ।

प्रतिकृया

Add