पतिको शोकमा पनि बाँच्ने सहारा बन्यो वित्तीय साक्षरता कक्षा

 शनिबार, भदौ ९, २०८० | onlinenews

 

जनकपुर– भुली दासलाई आजभोली दिन र रात दबै लामो लाग्छ । घाम उदाए साँझ कसरी पर्छ अनि रात गए कुन् बेला घाम लाग्छ भनेजस्तो लाग्छ उनलाई । ६ वटी छोरीको आमा ४५ वर्षकी भुली दासको ५ वटी छोरीहरुको विवाह भइसकेको छ । छोरीहरुको विवाह गर्दा लागेको ५ लाख रुपैयाँ ऋण तिर्न अनि कान्छि छोरीको विवाह गर्दा ऋण नलागोस् भनेर घरसल्लाह गरी भुली दासका श्रीमान १ वर्ष अघि साउदी गए । तर साउदी गएर ऋण तिर्ने अनि छोरीको विवाह गर्ने भुली दासको सपना भने पूरा हुन सकेन । १ बर्ष अघि साउदी अरबको सडकको फूल बगैँचामा मालीको काम गर्न गएका श्रीमानलाई गाडीले ठक्कर दियो । गाडीको ठक्करपछि श्रीमान साउदीमा नै अस्ताए । श्रीमानको मृत्युपछि भुली दासलाई छोरीको विवाह गर्दा लागेको ऋणसँगै श्रीमानको शोक समेत थपियो ।

जनकपुरधाम नगरपालिका वडा नं २३ घर भएकी भुली दास सामान्य लेखपढ गर्न सक्छिन्। जनकपुरधाम नगरपालिकाले श्रम, रोजगार तथा सामाजिक सुरक्षा मन्त्रालयको नीतिगत पहल र हेल्भेटासको प्राविधिक सहयोगमा सुरक्षित आप्रवासन (सामी) कार्यक्रम कार्यान्वययन गरिरहेको थियो । गाउँमा विदेश जानेहरुको परिवारको सदस्यहरुको लागि डिप्रोक्स–नेपालको प्राविधिक सहयोगमा सोनासती वित्तीय साक्षरता मनोसमाजिक परामर्श कक्षा चलायो । श्रीमान साउदी गएको कारण भुली दास पनि कक्षामा सहभागिको रुपमा आउन थालिन् । भुलीदासको श्रीमानले साउदी जाँदा तयार गरेको कागजपत्र घरमा छोडेका थिएनन् । कक्षामा गएपछि भुली दासले विदेश जाँदा तयार गर्ने कागजपत्रको महत्वको बारेमा बुझिन् । कक्षामा कागजपत्रको महत्व बुझेपछि श्रीमानसँग विदेश जाँदा तयार गरेको कागजपत्र पठाउनको लागि भनिन् । श्रीमानले भुलीले भनेका सबै कागजपत्र पठाइदिए । तर दुर्भाग्य भुली दासका श्रीमान काजगपत्र पठाएको ४ महिनापछि सडक दुर्घटनमा परी सँधैका लागि अस्ताए ।

भुली दासको जीवनमा नसोचेको घटना घट्यो । भुली दासलाई विदेश जानेका प्राण नै गए, सरकारबाट पीडितका परिवारले के पाउँछन् भन्ने समेत थाहा थिएन । कक्षाको सहजकर्ताले कागजपत्र सहित आप्रवासी श्रोत केन्द्रमा जाने सल्लाह दिए । भुली दासले सहजकर्ताले भनेझैँ आप्रवासी श्रोत केन्द्रमा गएर उजुरी दर्ता गराइन् । उनले आप्रवासी श्रोत केन्द्रकै पहलमा वैदेशिक रोजगार बोर्ड र बिमा कम्पनीबाट २१ लाख रुपैयाँ आर्थिक सहायता पाइन् ।
भुली दासको घरको मियो ढल्यो । जीवनका कैयन सपनाहरु श्रीमानको चितासँगै खरानी भए । श्रीमानको मृत्युले शोकमा डुबेको परिवारलाई आर्थिक सहायताले केहि राहत भएको महसुस भयो । उनले श्रीमानको मृत्युपछि पाएको आर्थिक सहायता वापत पाएको पैसा मध्ये १० लाख लगानी गरेर खेत किनन् । भुली दासले किनेकी खेतमा सिजन अनुसारको तरकारी र धान खेती लगाउँछिन् ।

छोरीहरुको विवाह गर्दा लागेको ५ लाख रुपैयाँ ऋण तिर्न अनि कान्छि छोरीको विवाह गर्दा ऋण नलागोस् भनेर घरसल्लाह गरी भुली दासका श्रीमान १ वर्ष अघि साउदी गए । तर साउदी गएर ऋण तिर्ने अनि छोरीको विवाह गर्ने भुली दासको सपना भने पूरा हुन सकेन । साउदी अरबको सडकको फूल बगैँचामा मालीको काम गर्न  गएका श्रीमानलाई गाडीले ठक्कर दियो । गाडीको ठक्करपछि श्रीमान साउदीमा नै अस्ताए ।

भुली दासले श्रीमान विदेश जाँदा लिएको ऋण तिरेपनि छोरीको विवाह गर्दा लागेको ऋण छिनाउन सकेकी छैनन् । आर्थिक सहायता वापत पाएको पैसाबाट उनले ४ लाख ऋण तिरिन भने ४ लाखले बिमा समेत गरेकी छन् ।
भुली दासको कान्छि छोरी महिनावारीका बेला बिरामी पर्छिन् । १० महिना अघि अपरेशन गर्दा १ लाख ५० हजार जनकपुरको निजी अस्पतालमा खर्च गरिन् । खर्च भएपनि कक्षाले उनको आत्मविश्वास मर्न दिएको छैन । आम्दानीको श्रोत बढाउनु पर्छ भन्ने जानेर भुलीले घरमा एउटा दुहुनो भैँसी थपेकी छन् भने बाँकी रहेको पैसाले अर्को भैँसी थप्ने योजना रहेको उनले बताइन् । श्रीमानको मृत्युपछि आउने बाटो टुट्यो । भएको पैसा पनि कहाँ खर्च हुन्थ्यो थाहै हुदैन थियो तर कक्षामा बसेपछि खर्च गर्ने तरिका जानेकी छु । केका लागि खर्च गर्ने र कसरी खर्च गर्ने भन्ने बुझेकी छु । यसले मलाई जीवन चलाउन मद्दत गरेको छ उनले भनिन् ।

भुली दासलाई व्यवसायिक बन्न मन लागेको छ । आफूले किनेको खेतमा व्यवसायिक तालिम लिएर कृषि कर्म गर्न मन छ । भएको जमिनमा माटो खोस्रिएरै पैसा कमाउन सकिन्छ तर मलाई सहयोग चाहिएको छ भन्छिन् उनी । उनले कक्षा व्यवस्थापन समितिका संयोजक तथा वडा नं २३ का अध्यक्षसँग भेटेर सबै कुराहरु राखेको बताइन् । धन र मन मानिसको जीवनको २ पाटा हुन् । धन मात्रै भएर सन्तुलित मन नहुनेहरुको जीवन पनि खुसी छैन र मन मात्रै हुनेहरुको जीवन पनि खुसी छैन । यसर्थ मनको घाउ निको पार्न उनले मनोसामाजिक परामर्शकर्ताबाट मनोपरामर्श सेवा समेत लिँदै आएकी छन् । जसले जीवनसँग सम्झौता गर्न सजिलो बनाएको अनुभव छ भुली दासलाई ।

जनकपुरधाम नगरपालिकाको वित्तीय साक्षरता सहजकर्ताको सहयोगमा सागर बिक्रम बस्नेत ।

प्रतिकृया

Add