उद्योग वाणिज्य सङ्घले २ दिने लेखा तालिम दिने

 शनिबार, भदौ ९, २०८० | onlinenews

 

रामेछाप– रामेछाप उद्योग वाणिज्य सङ्घले ६० जना व्यवसायीहरुलाई लेखा सम्बन्धी २ दिने तालिम दिने भएको छ । नेपाल उद्योग वाणिज्य महासङ्घको सहयोगमा रामेछाप उद्योग वाणिज्य सङ्घले भदौ २२ र २३ गते कर सम्बन्धी २ दिने तालिम आयोजना गर्ने भएको हो । नेपाल उद्योग वाणिज्य महासङ्घद्वारा जिआइजेटको प्राविधिक सहयोग र रामेछाप उद्योग वाणिज्य सङ्घको संयुक्त आयोजनामा तालिम सञ्चालन गर्न लागिएको रामेछाप उद्योग वाणिज्य सङ्घका कार्यकारी अधिकृत नवीन केसीले जानकारी दिए । कार्यकारी अधिकृत केसीका अनुसार २ दिने तालिममा व्यवसायको सम्पूर्ण हिसाबकिताब राख्ने, (डे–१, डे–२ र डे–३) कर विवरण भर्ने, अध्यावधिक गर्नेलगायतका महत्वपूर्ण तालिम दिइने छ । तालिममा सहभागी हुनका लागि व्यवसायीले यही भदौ १५ गतेसम्म कार्यालय समयभित्र आफ्नो नाम दर्ता गराइसक्नु पर्ने रामेछाप उद्योग वाणिज्य सङ्घले जनाएको छ ।

व्यवसायी फर्मको प्रत्यक्ष लेखा हेर्ने कर्मचारीलाई लक्षित गरी तालिम आयोजना गर्न लागिएको रामेछाप उद्योग वाणिज्य सङ्घ रामेछापका अध्यक्ष नवीनकुमार थापा मगरले बताए । व्यवसायको हिसाबकिताब सहि तरिकाले राख्न नजान्दा व्यवसायीहरुले झन्झट व्यहोर्नुका साथै राज्यबाट समेत पीडित भएकाले व्यवसायीलाई सक्षम बनाउने उद्देश्यले तालिम आयोजना गरिएको अध्यक्ष थापा मगरको भनाइ छ । बिहान पौने १० बजेदेखि बेलुका ५ बजेसम्म सञ्चालन हुने तालिमा व्यवसायको लेखा व्यवस्थापन सम्बन्धी सम्पूर्ण कुरा सिकाइने उनले बताए ।

 

कार्यकारी अधिकृत केसीका अनुसार २ दिने तालिममा व्यवसायको सम्पूर्ण हिसाबकिताब राख्ने, (डे–१, डे–२ र डे–३) कर विवरण भर्ने, अध्यावधिक गर्नेलगायतका महत्वपूर्ण तालिम दिइने छ । तालिममा सहभागी हुनका लागि व्यवसायीले यही भदौ १५ गतेसम्म कार्यालय समयभित्र आफ्नो नाम दर्ता गराइसक्नु पर्ने रामेछाप उद्योग वाणिज्य सङ्घले जनाएको छ ।

 

तालिमको लागि नेपाल उद्योग वाणिज्य महासङ्घसँग कम्तिमा ३ सयदेखि ५ सय जनाको कोटा माग गरिएकोमा महासङ्घले बढीमा ४५ जनासम्मको मात्र कोटा दिएको थियो । त्यसमा हामीले ६० जनालाई सहभागी गराउने गरी मिलाएका छौँ, उनले भने । तालिमको लागि सीमित कोटा भएकाले सिरियल नं. १ देखि ६० सम्म जसले पहिला नाम दर्ता गराउनु हुन्छ, उहाँहरुलाई तालिममा सहभागी गराउने छौँ, उनले भने । ६० भन्दा पछि दर्ता भएकालाई पुनः तालिम आयोजना गरी पछिल्लो लटमा सहभागी गराउने पनि उनले बताए । तालिममा ४० जना पुरुष र २० जना महिलालाई सहभागी गराइने रामेछाप उद्योग वणिज्य सङ्घले जनाएको छ । साथै उद्योगी, व्यवसायीहरुले पान आयकर दर्ता, व्यक्तिगत पान अनलाइन फाराम भर्न तथा वार्षिक विवरण भर्नको लागि रामेछाप उद्योग वाणिज्य सङ्घको सचिवालयमा सम्पर्क राख्न पनि अनुरोध गरिएको छ ।

प्रतिकृया

Add