महिलालाई सक्षम बनाउन सीप विकास कार्यक्रम : बस्नेत

 शनिबार, भदौ ९, २०८० | onlinenews

 

रामेछाप– मन्थली नगरपालिका उपप्रमुख इश्वरी बस्नेतले महिलाहरुलाई सक्षम र स्वरोजगार बनाउने उद्देश्यले नगरको १४ वटै वडामा महिला सीप विकास कार्यक्रम रहेको बताइन् । महिलाहरु सक्षम हुँदा घरको पुरुषलाई समेत टेवा पुग्ने भएकाले महिलालाई सक्षम र स्वरोजगार बनाउन सीप विकास कार्यक्रम ल्याएको बताइन् ।
शनिवार नेपाल माझी उत्थान सङ्घ रामेछापले आयोजना गरेको ढोलक, मादल र झ्याली वितरण कार्यक्रमलाई सम्बोधन गर्दै उपप्रमुख बस्नेतले माझी जातिको सँस्कृति संरक्षण गर्न बाद्यबादन वितरण गरिएको विताइन् । माझी समुदायको इतिहासको बारेमा जानकारी पाउँदा आफू निकै उत्साहित भएको भन्दै साझी समुदायप्रति अझ सद्भाव बढेको उनको भनाइ छ ।
माझी समुदायको अवस्था निकै माथि उठिसकेको आपूmले पाएको भन्दै हामी पछिप¥यौँ भन्ने मानसिकता त्याग्न पनि उपप्रमुख बस्नेतले आग्रह गरिन् । आफू कला र सँस्कृतिलाई माया गर्ने व्यक्ति भएकाले सबै जातिको भाषा, संस्कार सँस्कृतिको सम्मान गर्ने बताइन् ।

उपप्रमुख बस्नेतले मन्थलीमा माझी जातिको सँस्कृति झल्कने परिकार पाक्ने होटल स्थापना गर्न पनि माझी समुदायलाई आग्रह गरिन् । उनले भनिन् हाम्रा कार्यक्रममा माझी जातिको सँस्कृति झल्कले परिकार पाइने होटल देख्न पाइयोस् । त्यहाँ माझी जातिको संस्कार सँस्कृतिको पोषाक पनि राख्नुहोला उनले भनिन् ।
महिलालाई समक्ष बनाउने उद्देश्यले राखिएको सीप विकास कार्यक्रममा धेरै भन्दा धेरै सहभगि भएमा आपूm खुसी हुने बताइन् । तपाइहरुको इच्छा र चाहना भयो भने महिलाहरुलाई स्वरोजगार बनाउने कार्यक्रम हाम्रै कार्यकालमा ल्याउने छौँ, बस्नेतले भनिन् ।

प्रतिकृया

Add