शर्मिलालाई राजाले दिएपछिको तीज

 सोमवार, भदौ ११, २०८० | onlinenews

रामेछाप– तीज महिलाहरूको लागि अति महत्वपूर्ण पर्व मानिन्छ । त्यसमा अनि कसैले उपहार दिँदाको खुसी अर्कै हुन्छ । गायिका शर्मिला फूयाँललाई त राजाले दिएपछिको रौनक छुट्टै छ । तर उनको तीज गीत राजाले दिएको बजारमा आएको छ ।


महिलाहरूको महान् पर्व तीज नजिकिएसँगै फूँयालले आफ्नो तीजका गीत सार्वजनिक राजाले दिएको सार्वजनिक गरेकी हुन् । सामाजिक अभियन्ता समेत रहेकी नव गायिका शर्मिला फूयाँलको दोश्रो प्रस्तुति नयाँ तीज गीत ‘राजाले दिएको’ गीतको म्यूजिक भिडियो सार्वजनिक भएको छ । आफै सर्जक रहेर सार्वजनिक गरेको गीतमा शब्द, संगीत, स्वर शर्मिला फूयाँलको नै रहेको छ ।


भिडियोमा केशवराज भाटको निर्देशन तथा कोरियोग्राफीमा सिनेमेटोग्राफर प्रकाश खड्का एरेन्जिङ आकाश नेपाली, मिक्सिङ मास्टरिङ दीप तुलाधर, दिन्सन शाहको सम्पादन रहेको छ ।


उक्त तिज गीतमा स्मरिका ढकाल, शर्मिला फूयाँल नव मोडल स्नेहा रुपाखेतीको अभिनय देख्न सकिन्छ । गायिका शर्मिला फूयाँल (सन्ध्या)को शब्द संगीत र गायक कर्णराज गिरीको स्वर रहेको आफूलाई गीत संगीतको माध्यमबाट चिनाउने उद्देश्यले फूँयालको पहिलो प्रस्तुति ‘कुन तार मिलेन’ ? बोलको म्यूजिक भिडियोले रिलिज भएको तीन साता नपुग्दै उक्त गीतलाई युट्युबमा १० लाख भ्युज क्रस गरेर दर्शकको मन जितिसकेको छ ।

प्रतिकृया

Add