रामेछापको गाल्पामा रास्वपाको तीन पालिकाको संयुक्त भेला

 शुक्रबार, भदौ १५, २०८० | onlinenews

 

रामेछाप– राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) रामेछापले भोली (शनिवार) गाल्पामा तीन गाउँपालिकाको संयुक्त सङ्गठन विस्तार भेला आयोजना गरेको छ ।
रास्वपा रामेछापको प्रथम स्थापना दिवसको अवसरमा खाँडादेवी, सुनापति र दोरम्बा शैलुङ गाउँपालिको संयुक्त सङ्गठन विस्तार भेला गाल्पा बजारमा आयोजना गरिएको राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) रामेछापका सहसंयोजक विपेश खत्रीले बताए । गाल्पामा आयोजना गरिएको तीन पालिकाको संयुक्त भेलालाई सम्बोधन गर्न रास्वपाका केन्द्रीय उपसभापति डिपी अर्याल, प्रतिनिधिसभा सदस्य तथा रास्वपाका संस्थापक केन्द्रीय सदस्य सोविता गौमत र प्रखर वक्ताका रुपमा परिचित रास्वपाका केन्द्रीय सदस्य रमेश प्रसाई आउने खत्रीले जानकारी दिए ।


शनिवार बिहान साँढे ८ बजे खाँडोदवी मन्दीर सरसफाई तथा वृक्षारोपण गर्ने कार्यक्रम रहेको पनि खत्री जानकारी दिए । अतिथिहरु बिहान खाँडादेवी मन्दीरमा वृक्षारोप कार्यक्रम सकाएर दिउसो १२ बजे सङ्गठन विस्तार भेलालाई सम्बोधन गर्न गाल्पा पुग्ने छन् । रास्वपाले यसअघि रामेछापले लिखु तामाकोसी, उमाकुण्ड र गोकुलगङ्गा गाउँपालिकामा सङ्गठन विस्तार भेला सम्पन्न गरिसकेको छ ।

प्रतिकृया

Add