शैलुङमा पुगे कलाकार र विदेशी पर्यटक

 बिहिबार, अशोज ११, २०८० | onlinenews

 

रामेछाप- रामेछापको पर्यटकीय स्थल शैलुङमा बिहिवारदेखि ‘वाइल्ड स्टे विथ चौँरी’ जङ्गली बसाइ कार्यक्रम सुरु भएको छ ।

रामेछाप र दोलखाको सीमानामा पर्ने शैलुङमा पर्यटन प्रवर्धन गर्ने उद्देश्यले ‘स्पार्क एड्भेन्चर २०२३’ ले ‘वाइल्ड स्टे विथ चौँरी’ कार्यक्रमको आयोजना गरेको हो । बिहीवार बिहान धुलिखेलको मिराबेल रिसोर्टमा पञ्चेबाजासहित एड्भेञ्चरको उद्घाटन गरिएको छ । उद्घाटनपछि २ सय भन्दा सहभागितहरु शैलुङ आएका छन् ।

बुधवार विश्व पर्यटन दिवशको अवसरमा क्यानाडा, फ्रान्स र स्वीजरल्यान्ड लगायतका देशबाट २२ जनाको टोली शैलुङ क्षेत्रमा पुगिसकेका छन् । पर्यटन दिवशको अवसरमा आएका उनीहरु जङ्गली बसाइ कार्यक्रम सहभागि हुनेछन् ।
प्रचुर पर्यटकीय सम्भावना भएर पनि ओझेलमा परेको शैलुङ प्रवर्धनका लागि कलाकारहरु पनि जङ्गली बसाइ कार्यक्रम सहभागी हुनेछन् । यही असोज १३ गतेसम्म जारी रहने कार्यक्रममा कलाकारहरु निखील उप्रेती, बिजय लामा, प्रेमराजा महत, गरिमा शर्मा, यशकुमार, सन्दीप क्षेत्री, लेखक बुद्धिसागरलगायतका टोली शैलुङ् आउने आयोजकले जनाएको छ ।

शुक्रबार चौँरी गोठ र शैलुङलाई ‘एक्सप्लोर’ गर्ने आयोजकको तयारी छ । कार्यक्रममा आन्तरिक पर्यटनको खोजी गर्ने, चौँरीसँग जङ्गलमा रात बिताउने, स्थानीय संस्कृति, स्वादिष्ट खाना र नयाँ रमणीय ग्रामीण गन्तव्य पत्ता लगाउने इच्छा भएका सहभागीले भाग लिनेछन् । साहसिक पर्यटनको क्षेत्रमा समेत काम गर्दै आइरहेको स्पार्क कारले पर्यटकका लागि यातायातको व्यवस्थापन गर्दै आएको छ । शैलुङ रामेछाप जिल्लाको मात्र नभइ नेपालकै ऐतिहासिक पर्यटकीय क्षेत्र हो । शैलुङ् समुन्द्री सतहबाट करिब ३ हजार ४ सय मिटरको उचाइमा रहेको छ ।

प्रतिकृया

Add