एमाले बागमतीमा निर्वाचितलाई बधाई

 शनिबार, अशोज २७, २०८० | onlinenews

 

रामेछाप- नेकपा एमाले बागमती प्रदेश समितिमा नवनिर्वाचित पदाधिकारी तथा सदस्यहरुलाई नेकपा एमाले रामेछापमा एक कार्यक्रमको आयोजना गरी बधाई तथा शुभकामना दिएको छ । नेकपा एमाले रामेछापले शुक्रवार मन्थलीमा दसैँ, तिहार, नेपाल सम्वत तथा छठ पर्वको अवसरमा शुभकामना आदानप्रदानसँगै पार्टीका बागमती प्रदेशका निर्वाचित नेताहरुलाई बधाई दिएको हो ।

कार्यक्रममा प्रदेश अध्यक्ष कैलाशप्रसाद ढुङ्गेल, सचिव नवराज सिलवाल, उपसचिव भक्तकुमारी लामा तथा रामेछाप जिल्लाबाट निर्वाचित एमाले बागमती प्रदेश सदस्यहरूलाई बधाई तथा कार्य सफलताको शुभकामना व्यक्त गरिएको नेकपा एमाले रामेछापका अध्यक्ष आनन्दकुमार श्रेष्ठले जानकारी दिए ।

कार्यक्रममा नेकपा एमाले रामेछाप जिल्ला इञ्चार्ज गणेश पहाडी, केन्द्रीय सदस्य एवम् नेकपा एमाले सङ्गठन विभाग सचिव माधव ढुङ्गेल, केन्द्रीय सदस्य गीता कार्कीलगायतका नेताहरूको सहभागिता रहेको थियो । त्यसैगरी जिल्ला कमिटी उपाध्यक्ष इन्द्र तामाङ, सचिव पुरुषोत्तम कडरिया, उपसचिव प्रकाशकुमार कार्की, होतराज ढकाललगायतका पदाधिकारी तथा जिल्ला स्तरका नेताहरुको सहभागिता रहेको थियो ।

प्रतिकृया

Add