चिस्यान केन्द्र अझै आएन सञ्चालनमा

 बिहिबार, कार्तिक १६, २०८० | onlinenews

 

रामेछाप- रामेछापको मन्थली नगरपालिका–१ सानीमदौमा निर्माण गरिएको चिस्यान केन्द्र अझै सञ्चालनमा आउन सकेको छैन । निर्माण सम्पन्न भएको डेढ वर्ष पुगिसक्दा पनि बागमती प्रदेश सरकारले स्थानीय सरकारलाई हस्तान्तरण नगरेकाले चिस्यान केन्द्र सञ्चालन आउने नसकेको मन्थली नगरपालिकाले जनाएको छ ।

जिल्लामा उत्पादन हुने जुनार, सुन्तला आलु, किबिलगायतका फलफूल तथा तरकारी भण्डारण गर्ने उद्देश्यले निर्माण गरिएको चिस्यान केन्द्र सञ्चालन हुने विषय अझै अन्यौल छ । बागमती प्रदेश सरकारको ५ करोड र मन्थली नगरपालिकाको २ करोड १० लाख आर्थिक साझेदारीमा निर्माण भएको चिस्यान केन्द्र सञ्चालनमा आउन नसक्दा जिल्लाबासीका लागि कागलाई बेल पाक्यो हर्ष न विष्मत भनेझँै भएको छ । अहिले जुनार र किब भण्डारको सिजन आउँदै छ तर ५ सय मेट्रिक टन सामान भण्डार गर्न सकिने चिस्यान केन्द्र भने उपयोग विहीन भएको छ ।

चिस्यान केन्द्रको भवन निर्माण गरिए पनि घेराबारा पालेघर लगायतका संरचना निर्माण हुन सकेको छैन । निर्माण कार्य डेढ वर्ष पहिले नै सम्पन्न भए पनि सरकारको ढिलासुस्तीका कारण चिस्यान केन्द्र समयमै सञ्चालनमा आउन नसकेको निर्माण व्यवसायीको भनाइ छ ।

चिस्याक केन्द्रको भवन प्रदेश सरकारले नगरपालिकालाई नबुझाएका केन्द्र सञ्चालनको विषयमा मन्थली नगरपालिका समेत अन्योलमा छ । प्रदेश सरकारको ७० प्रतिशत र मन्थली नगरपालिकाको ३० प्रतिशत आर्थिक लगानीमा चिस्यान केन्द्र निर्माण गरिएकाले बाँकी काम कसरी गर्ने भन्ने विषयमा स्पष्ट नहुँदा चिस्या केन्द्र सञ्चालनमा अन्योलता बढेको मन्थली नगरपालिकाको भनाइ छ ।

प्रतिकृया

Add