सुत्केरी महिलालाई घरमै सेवा

 बिहिबार, कार्तिक १६, २०८० | onlinenews

रामेछाप- रामेछापको खाँडादेवी गाउँपालिकाले सुत्केरी महिलालाई घरमै स्वास्थ्य सेवाको व्यवस्था गरेको छ । प्रजनन स्वास्थ्यको संवेदनशीलतालाई ध्यानमा राखी गाउँपालिका भित्रका गर्भवती र सुत्केरी महिलालाई निःशुल्क एम्बुलेन्स, एक्सरे साथै सुत्केरी र बच्चाको घरमै गएर स्वास्थ्य परीक्षण गराउने व्यवस्था गरेको गाउँपालिका स्वास्थ्य शाखाले जनाएको छ ।
खाँडादेवी गाउँपालिका स्वास्थ्य शाखा प्रमुख ओमप्रकाश श्रेष्ठका अनुसार प्रजनन् स्वास्थ्यमा स्थानीय सरकार संवेदनशील बन्नुपर्ने दायित्वलाई ध्यानमा राखी गाउँपालिकाले पालिकाभित्रका गर्भवती महिलालाई विभिन्न स्वास्थ्य सेवा प्राथमिकताका साथ उपलब्ध गराउँदै आएको छ । गाउँपालिकाले स्वास्थ्य संस्थामा नै सुरक्षित सुत्केरी गराउने उद्देश्यले स्थानीय सरकारले प्रोत्साहन गर्न सुत्केरी भएपछि पनि आमा र बच्चाको दुई पटकसम्म स्वास्थ्य परीक्षण गराउने व्यवस्था मिलाएकोे श्रेष्ठले बताए ।

प्रतिकृया

Add