कानुन पालना गर्ने दायित्व नागरिकको हो : श्रेष्ठ

 सोमवार, कार्तिक २०, २०८० | onlinenews

 

रामेछाप– बागमती प्रदेश सरकार आन्तरिक मामिला तथा कानुन पन्त्री गङ्गानारायण श्रेष्ठले कानुनको पालना गर्ने मुख्य दायित्व स्वयम् नागरिको भएको बताए ।
कानुनको उल्लङ्घन गर्दा आपूmलाई बहादुरी सम्झने प्रवृत्ति समाजमा हाबी भएको भन्दै कानुन नागरिक स्वयम्ले पालना गर्नुपर्ने बताए । रामेछापको खॉडादेवी गाउँपालिका–६ माकादुममा निर्माण भएको इलाका प्रहरी कार्यालय चोप्राङको भवन उद्घाठन कार्यक्रमलाई सोमवार सम्बनेधन गर्दै उनले यस्तो बताएका हुन् ।

‘कानुन मान्ने पहिलो कर्तव्य नागरिकको हो, त्यसलाई सहयोगीको भूमिका मात्र प्रहरीले गर्ने हो’, मन्त्री श्रेष्ठले भने– प्रहरीले नागरिकको अभिभावक भएर काम गर्ने हो ।
शान्ति सुरक्षा र विपदका बेला उद्धार तथा व्यवस्थापनको कार्यमा प्रहरीले उल्लेखनीय भूमिका खेलेको भन्दै उनले प्रहरी सङ्गठनको क्षमता विकासका लागि प्रदेश सरकारले महत्वपूर्ण कार्य गरेको बताए ।
प्रदेश सरकारले बागमती प्रदेशभित्र ५६ वटा प्रहरी इकाईको भवन निर्माण सम्पन्न गरी हस्तान्तरण गरेको र केही निर्माणको चरणमा रहेको बताए । सरकार प्रहरीलाई भौतिक पूर्वाधार र क्षमता विकासका कुरामा सहयोग गर्न तयार रहेको उनको भनाइ छ ।

कार्यक्रममा बागमती प्रदेश सभा सदस्य आनन्दकुमार श्रेष्ठ, प्रमुख जिल्ला अधिकारी अनिता निरौला, प्रदेश प्रहरी प्रमुख प्रहरी नायब महानिरीक्षक किरण राणाले सीमित साधन स्रोतको भरमा समाजको शान्ति सुरक्षा र अपराध न्यूनीकरणको कार्यमा अग्रणी भूमिका निर्वाह गर्दै आएको नेपाल प्रहरीलाई सुविधा सम्पन्न भौतिक पूर्वाधारको निर्माणले थप कार्य गर्न प्रेरणा मिलेको बताएका थिए ।
उनीहरुले कठिनाइ बेहोरेर साँघुरो भवनमा कार्य सम्पादन गर्नु पर्दाको भन्दा आधुनिक भवनमा उच्च मनोबलले काम गर्दा प्रहरीको कार्यसम्पादनमा सुधार आउनेमा विश्वास व्यक्त गरे ।


मन्त्री श्रेष्ठले सुनापती गाउँपालिकाको हिलेदेवीमा निर्माण भएको इलाका प्रहरी कार्यालय बेथानको पनि सोमवार नै उद्घाटन गरेका छन् । बेथान इलाका प्रहरी कार्यालयको उद्घाटन कार्यक्रममा प्रदेश सभा सदस्य युवराज चौलागार्इँलगायतले प्रहरीलाई आधुनिक भवन र समयानुकुलका सङ्गठनात्मक सिप प्रदान गर्दा समाजमा शान्ति सुरक्षा र अपराध अनुसन्धान गर्न सहज हुने विश्वास व्यक्त गरे ।

कार्यक्रममा प्रहरी उपरीक्षक ईश्वर थापाले इलाका भवन निर्माणको प्राविधिक पक्षबारे प्रकाश पारेका थिए । इलाका प्रहरी कार्यालय चोप्राङको भवन निर्माणका लागि करिब ४ करोड ६२ लाख र इलाका प्रहरी कार्यालय बेथानको भवन निर्माणका लागि ३ करोड ९० लाख ४६ हजार खर्च लागेको उनले बताए । दुवै भवनमा महिला र पुरुष थुनुवा कक्ष, सुरक्षाकर्मीको ब्यारेक, कार्यालय, महिला र पुरुष शौचालय, चमेना गृह, प्रतिक्षालय, घेराबारालगायतका पूर्वाधार निर्माण गरिएका छन् । दुवै इलाका कार्यालय भवनमा ३२ जना प्रहरी सुरक्षाकर्मी बसेर सेवा प्रवाह गर्न सक्ने क्षमता रहेको थापाको प्रतिवेदनमा उल्लेख छ ।

कार्यक्रममा दुवै इलाका प्रहरी कार्यालय निर्माणका लागि निशुल्क जग्गा दिने जग्गादातालाई मन्त्री श्रेष्ठले सम्मान गरेका थिए । सुनापतीको हिलेदेवीमा ३ रोपनी र खाँडादेविको माकादुममा ४ रोपनी ३ आना जग्गा प्रहरीको नाममा निशुल्क प्राप्त भएको थियो ।

जिल्ला प्रहरी कार्यालय रामेछापका अनुसार द्वन्द्वकालमा रामेछापका सबै प्रहरी कार्यालयहरु क्षतिग्रस्त भएकोमा हाल आएर पुननिर्माणको अन्तिम चरण चलिरहेको छ । जिल्ला प्रहरी कार्यालयदेखि इलाका प्रहरी कार्यालयका भवनहरु निर्माण पूरा भएका छन् । जिल्लामा प्रहरी निरीक्षक रहने टोकरपुर, चोप्राङ र धोवी तथा प्रहरी नायब निरीक्षकको दरबन्दी रहने बेथान र प्रीतिको कार्यालय भवन निर्माण पूरा भएका छन् ।

प्रहरी नायब उपरीक्षक होमबहादुर पराजुलीका अनुसार बाम्ती, शिवालय, गौश्वारा, गुन्सी, दोरम्बा, साँघुटार, सालु, सिरिसे, भुजीमा प्रहरी चौकीका भवन निर्माण पूरा भई कार्य सञ्चालन हुँदै आएको छ । प्रहरी चौकी खिम्ती, सेलेघाट, पोखरी, बेथान, सित्खा, रामेछाप, ठोसे, रस्नालुलगायतका प्रहरी चौकीको भवन निर्माणको काम अझै बाँकी रहेको उनले बताए । जिल्ला ट्राफिक प्रहरी कार्यालयको भवनको निर्माण हालै मात्र ठेक्का सम्झौता भएकोले केही समयमै निर्माण सम्पन्न भई सञ्चालनमा आउने पराजुलीले बताए ।

प्रतिकृया

Add