रामेछाप बजार अनुगमन

 बुधबार, कार्तिक २२, २०८० | onlinenews

 

रामेछाप- रामेछाप नगरपालिकाले बजार अनुगमन गरेको छ । नजिकिँदै गरेको तिहारलाई लक्षित गरी नगरपालिकाले किराना, मासु, कस्मेटिकलगायतका पसलहरुको अनुगमन गरेको हो ।
बजारमा दिनप्रतिदिन भइरहेको मूल्यवृद्वि नियन्त्रण र चाडबाडको मुखमा कालोबजारी र अस्वाभाविक मूल्यवृद्वि नियन्त्रण गरी बजारलाई स्वच्छ, प्रतिस्पर्धी र सुपथ बनाउने उद्देश्यले अनुगमन गरिएको अनुगमन समितिका संयोजक नारायण सुवेदीले जानकारी दिए ।

रामेछाप बजारमा रहेका ३५ भन्दा बढी पसलहरुको अनुगमनको गरिएको उनले बताए । अनुगमनका क्रममा केही पसलहरुबाट उपभोग्य मिति सकिएका खाद्य वस्तु जफत गरिएको पनि सुवेदीले जानकारी दिए । जफत गरिएको समानहरु बुधवार नष्ट गरिने नगरपालिका राजश्व, उद्योग तथा सहकारी शाखा प्रमुख हरिभगत श्रेष्ठले जानकारी दिए ।

केही पसलहरुमा मूल्य सूची नराखिएको, साइनबोर्ड नराखिएको तथा विनाइजाजत व्यवसाय सञ्चालन गरिरहेको पाइएकाले दर्ता नभएको दर्ता गर्न र साइबोर्ड र मूल्य सूची नराखिएकालाई तत्काल राख्न निर्देशन दिइएको पनि उनले बताए । पछिल्ले समय व्यवसायी साथै उपभोक्ताहरु पनि सचेत बन्दै गएकाले अनुगमनका क्रममा गम्भीर त्रुटी नभेटिएको उनको भनाइ छ ।

प्रतिकृया

Add