अमेरिकामा पनि मनाइयो लक्ष्मी जयन्ती

 बिहिबार, कार्तिक २३, २०८० | onlinenews

 

पेन्सिलभेनिया अमेरिका– महाकवि लक्ष्मीप्रसाद देवकोको जन्मजयन्ती अमेरिकाम पनि भव्य कार्यक्रमकाबिच बनाइएको छ । अमेरिकामा रहेका नेपाली भाषी स्रष्टाहरुले अमेरिकाको हेरिज्बर्ग पेन्सिलभेनियामा भव्य कार्यक्रम आयोजना गरी महाकवि देवकोटाको ११५ औँ जन्मजयन्ती मनाएको हो । लक्ष्मी जयन्तीको अवसरमा आयोजित कार्यक्रममा दीप प्रज्वलन गर्नुका साथै स्वामीजी चक्रपाणी अधिकारीबाट महाकवि देवकोटाको शालिकमा माल्यार्पण गरिएको थियो । कार्यक्रममा अबिबाबु अधिकारीले देवकोटाको जीवनीको बारेमा चर्चा गरेका थिए भने देवकोटाको सम्झनामा कान्छी ढुङ्गेलले ‘कुन मन्दिरमा जान्छौ यात्री…’ गीत प्रस्तुत गरेकी थिइन् ।


सोही अवसरमा विभिन्न विधाका साहित्यक रचनाहरु वाचन गर्नुका साथै नारी श्रष्टाहरुबाट सामूहिक रुपमा ‘मुनामदन’ वाचन गरिएको थियो । त्यसैगरी फुर्वा लामाले बाँसुरीको धुन बजाएर महाकवि देवकोटाको सम्झाना गरेका थिए भने हेम खेर्साङले मीठा २ वटा धुन प्रस्तुत् गरेका थिए । कार्यक्रममा समूहिक देउसी भैलो समेत प्रस्तुत गरिएको ११ जना बालबालिकाको कविता प्रस्तुतिलाई मूल्याङ्कन गरी पुरस्कार समेत प्रदान गरिएको अमेरिकाबाट त्रिविक्रम नेउपानेले जानकारी दिएका छन् ।


१ सय जनाभन्दा बढीको सहभागिता रहेको त्रिवेणी साहित्य मञ्चद्वारा आयोजित कार्यक्रमका प्रमुख अतिथिको आसनग्रहण भुटनिष्ट कम्युनिटी अफ हेरिज्बर्गका अध्यक्ष तिलक निरौलाले गरेका थिए । त्यसैगरी विशेष अतिथिहरुमा डाक्टर अधिकारी, डा. तुरालाम नेउपाने र अमेरिका निवासी नेपाली भाषी पत्रकार भक्त घिमिरे रहेका थिए ।

त्रिविक्रम नेउपाने अमेरिका संवाददाता

प्रतिकृया

Add