खानेपानी, सरसफाई तथा स्वच्छता समन्वय समिति गठन

 शुक्रबार, मंसिर १५, २०८० | onlinenews

 

रामेछाप– रामेछापको सुनापती गाउँपालिका–४ बेथानमा वडास्तरीय खानेपानी, सरसफाई तथा स्वच्छता समन्वय समिति गठन गरिएको छ ।
वडाध्यक्ष डण्डुप लामाको नेतृत्वमा २१ सदस्यीय समिति गठन गरी वार्षिक कार्ययोजना तय गर्नुका साथै अभिमुखीकरण कार्यक्रम समेत गरिएको छ ।

वडाध्यक्ष लामाको अध्यक्षतामा गठन गरिएको समितिको सदस्य सचिवमा घनश्याम थपलिया रहेका छन् । अन्य सदस्यहरुमा कार्यपालिका सदस्य सुनमाया तामाङ, वडा सदस्यहरु निशान लामा, राजेश्वर बोहोरा, मैया विक, सन्तोष कुमार यादव (स्वास्थ्य चौकी इन्चार्ज), रत्नहीरा लामा (सामुदायिक स्वास्थ्य इकाई इन्चार्ज), रोज घिसिङ (नागरिक आरोग्य केन्द्र इन्चार्ज), नेपाल प्रहरी कार्यालय प्रमुख, सरस्वती राय (महिला स्वास्थ्य स्वयंसेविका), अशोककुमार कार्की (सामुदायिक वन उपभोक्ता समिति) सदस्य रहेका छन् ।

त्यसैगरी उर्मीला तामाङ (होटल व्यवसायी), उदयबहादुर खत्री (स्थानीय व्यापारी), लम्बरी तामाङ (स्वास्थ्य आमा समूह), लक्ष्मी तामाङ, सर्मीला योञ्जन, कुमारी तामाङ (महिला सहकारी), सुमन खड्का (बाल समूह सञ्जाल), कमानसिं तामाङ (शिक्षक), मिनकुमार कार्की (बैंक) सदस्य रहेका छन् ।

अभिमुखीकरण कार्यक्रममा खानेपानी तथा सरसफाइका क्षेत्रमा भएका अन्तर्राष्ट्रिय, राष्ट्रिय बैधानिक प्रावधान, पूर्ण सरसफाइका सूचकहरु, व्यक्ति, परिवार, समाज, विद्यालय, स्वास्थ्य संस्था, राजनैतिक दल, स्थानीय सरकारका भूमिका विषयमा छलफल भएको वडा अध्यक्ष डण्डुप लामाले जानकारी दिए ।

वडा स्तरीय खानेपानी, सरसफाई तथा स्वच्छता समन्वय समितिको काम, कर्तव्य र भूमिका विषयमा छलफल गर्दै वार्षिक कार्ययोजना समेत तय भएको लामाले बताए ।

जसमा मासिक रुपमा वडाभरीका प्लाष्टिकजन्य र सिसाजन्य फोहोर सङ्कलनलाई निरन्तरता दिने, खानेपानी मुहानको अनुगमन गर्ने, संस्थागत अनुगमन गर्ने, सार्वजनिक शौचालय निर्माण गर्ने, डम्पिङ साइडको व्यवस्था गर्ने, एक घर एक डस्विन कार्यक्रम गर्ने लगायतका रहेका छन् ।
कार्यक्रम सुनापती गाउँपालिका–४ को कार्यालयको समन्वय र सामुदायिक विकास समाज, महिला तथा बाल सशक्तीकरणः स्वास्थ्य तथा सरसफाइ परियोजनाको आयोजनामा भएको थियो । कार्यक्रमको सहजिकरण परियोजना संयोजक तिलक कार्कीले गरेका थिए ।

प्रतिकृया

Add

Comments are closed.

1 COMMENTS
  • Susmita Bohora

    Good job 👍