लैङ्गिक हिंसा विरुद्धको अभियानमा महिला सहभागिता

 बिहिबार, मंसिर २१, २०८० | onlinenews

 

रामेछाप–लैङ्गिक हिंसा विरुद्धको १६ दिवसीय अभियान अन्तर्गत ७ वटा महिला सहकारी संस्थाहरुले संयुक्त रुपमा दीप प्रज्वलन गरी लैङ्गिक हिंसा विरुद्धको अभियानमा सहभागिता जनाएका छन् । सामुदायिक विकास समाज महिला तथा बाल सशक्तीकरणः स्वास्थ्य तथा सरसफाइ परियोजना मन्थली, तथा सुनापति र खाँडादेवी गाउँपालिकामा सञ्चालित महिला बचत तथा ऋण सहकारी संस्थाहरुले बुधवार संयुक्त रुपमा दीप प्रज्वलन गरी लैङ्गिक हिंसा विरुद्धको अभियानमा सहभागिता जनाएका हुन् ।

दिदी बहिनी महिला बचत तथा ऋण सहकारी संस्था सुनापति–३ हिलेदेवी, सचेतना महिला बचत तथा ऋण सहकारी संस्था सुनापति–५ खनियापानी, जागरण महिला बचत तथा ऋण सहकारी संस्था सुनापति–१ गुन्सी, जनचेतना महिला बचत तथा ऋण सहकारी संस्था सुनापति–४ बेथान, जन्मभूमि महिला बचत तथा ऋण सहकारी संस्था खाँडादेवी–१ राकाथुम, एकता महिला बचत तथा ऋण सहकारी संस्था खाँडादेवी–२ मझुवा, सक्रिय महिला बचत तथा ऋण सहकारी संस्था खाँडादेवी–७ खाँडादेवी र परियोजनाको संयुक्त आयोजनामा लैङ्गिक हिंसा विरुद्धको अभियानमा ऐक्यबद्धता जनाउँदै दीप प्रज्वलन गरेका हुन । कार्यक्रममा लैङ्गिक हिंसा विरुद्ध नारा लेखिएका प्लेकार्डहरु प्रदर्शन गर्नुका साथै लैङ्गिक हिंसा विरुद्धका नारा समेत लगाएका थिए ।

प्रतिकृया

Add