विगत र भविष्य फेक हो, वर्तमान मात्र सत्य हो : निरौला

 शुक्रबार, मंसिर २२, २०८० | onlinenews

 

रामेछाप – रामेछापकी प्रमुख जिल्ला अधिकारी अनिता निरौलाले विगतको शोक र भविष्यको सुर्ताले मानिसमा मानसिक तनाब बढ्ने बताइन् । विगतका कुरा सम्झिएर चिन्ता गर्दा मानिसलाई डिप्रेसनमा पुर्याउने र आत्महत्या गर्नेसम्मको अवस्थामा पुर्याउने उनको भनाइ छ ।

 

अति लोभ, लालच, डाहा, इर्ष्या, घमण्ड, अहंकार र मपाईँ प्रवृत्तिबाट मानिसमा तनाब उत्पन्न हुने प्रजिअ निरौलाले बताइन् । अहंकार, घमण्ड र मपाईँ प्रवृत्तिले मानिसमा नकारात्मक सोचको विकास गर्ने उनको भनाइ छ । विगत र भविष्य फेक हो, त्यसैले मानिसले विगतको घटनालाई सम्झेर र भविष्यको बारेमा चिन्ता गरेर केही उपलब्धि हुँदैन, प्रजिअ निरौलाले भनिन् । बागमती प्रदेश सरकार आन्तरिक मामिला तथा कानुन मन्त्रालयले बुधवार मन्थली नगरपालिकामा आयोजना गरेको आत्महत्या न्यूनीकरण, मनोरोग रोकथाम तथा तनाब व्यवस्थापन सम्बन्धी अभिमुखीकरण कार्यक्रममा तनाव व्यवस्थापनका बारेमा सहजीकरण गर्दै प्रजिअ निरौलाले यस्तो बताएकी हुन् ।

विगत स्मृति मात्र हो, भविष्य कल्पना मात्र हो, त्यसैले विगतका घटनालाई सम्झिने र भविष्यको बारेमा चिन्ता गरेर जीवन सार्थक बन्दैन, निरौलाले भनिन् । उनले भनिन्, विगत र भविष्य भ्रम हो, वर्तमान मात्र सत्य हो, त्यसैले सार्थक जीवन जिउनको लागि वर्तमानको चिन्ता गर्नुपर्छ । विगत र भविष्यको बारेमा सोच्नु भनेको चिन्ता हो तर वर्तमानको चिन्ता गर्नु भनेको चिन्तन अध्ययन हो, चिन्तनले खुसी र सुखी जीवन जिउन सकिन्छ त्यसैले विगतको चिन्ता र भविष्यको सुर्ताले मानिसलाई तानाब मात्र सिर्जना गर्छ, उनले भनिन् ।

जीवनलाई खुसी, सुखी र रमाइलो बनाउन योग, ध्यान र प्रणायाम गर्नुपर्ने बताइन् । ध्यान प्रणायामले मानिसलाई आत्मविश्वासी र कर्मशील बनाउने उनको भनाइ छ । ध्यानले दिमागलाई तेजिलो बनाउने र शरीरलाई उर्जा प्राप्त हुने भएकाले ध्यानले मानिसलाई जाँगरिलो बनानउने बताइन् ।

प्रतिकृया

Add