ट्राफिक प्रहरी कार्यालय भवन शिलान्यास

 बिहिबार, पुस ५, २०८० | onlinenews

 

रामेछाप-  जिल्ला ट्राफिक प्रहरी कार्यालय रामेछापको मन्थली नगरपालिका १ मा निर्माण हुने भवनको बुधबार प्रहरी निरीक्षक शैलेन्द्र खड्काले शिलान्यास गरेका छन् ।

कुल ३ करोड ८ लाख ४ हजार ३ सय ४४ रुपैयाँको लागतमा निर्माण हुने अढाई तले उक्त सुविधा सम्पन्न भवन आगामी एक वर्षभित्र सम्पन्न गर्ने लक्ष्य लिइएको छ । जिल्ला प्रहरी कार्यालय रामेछापका प्रहरी नायब उपरीक्षक होमबहादुर पराजुलीका अनुसार भवन निर्माणका लागि ब्रमायणी÷विरुपाक्ष÷बिजी जेभिसँग निर्माण सम्झौता भएको छ । सो निर्माण व्यवसायीका प्रोपाइटर कृष्ण थापामगरले बुधबारबाट नै भवन निर्माणको कार्य प्रारम्भ भएको र निर्धारित समयमा नै निर्माण सम्पन्न गरिसक्ने प्रतिविद्धता गरेका छन् ।

जिल्ला ट्राफिक कार्यालयको सानो कटेरोबाट हाल कार्यसम्पादन हँुदै आएको थियो । जिल्लामा ट्राफिक जनशक्ति वृद्धि हुँदै गए पनि भवनको अभावमा बस्ने स्थानको अभाव खेपिरहेको सो कार्यालय अब व्यवस्थित कक्ष र आवाससहितको सुविधा हुने कार्यालय प्रमुख दिपक चौलागाईँले बताएका छन् ।

प्रतिकृया

Add