संविधान सभा सदस्य सुनुवारको निधन

 शनिबार, पुस १४, २०८० | onlinenews

रामेछाप– रामेछाप जिल्लाबाट संविधान सभा सदस्य बनेकी दालकुमारी सुनुवारको निधन भएको छ । सुनुवारको शनिवार दिउँसो काठमाडौँमा निधन भएको हो । नेपाल क्यान्सर अस्पताल हरिसिद्धि ललितपुरमा उपचार गराउँदै आउनु भएकी सुनुवार शनिवार दिउसो ३ः०५ बजेको समयमा निधन उनको पारिवारिक स्रोतले जनाएको छ ।

उनी सुनुवार सेवा समाज सङ्घीय समितिको सल्लाहकार समेत रहेकी थिइन् । परिवारले जानकारी दिएको छ । सुनुवार क्यान्सर रोगबाट पीडित थिइन् । सुनुवार दोस्रो संविधान सभामा राष्ट्रिय प्रजातन्त्र पार्टीबाट समानुपातिक कोटामा संविधान सभा सदस्य बनेकी थिइन् ।

रामेछापको उमाकुण्ड गाउँपालिका–६ गुप्तेश्वर स्थायी ठेगाना भएकी सुनुवार पञ्चायतकालदेखि नै सामाजिक र राजनीतिक क्षेत्रमा सक्रिय थिइन् । रामेछापको सामाजिक क्षेत्र र महिला सशक्तीकरणमा सुनुवारको उल्लेख्य योगदान रहेको छ ।

प्रतिकृया

Add