इन्जिनियर घिमिरेद्धारा शून्यमा एसइई कार्यक्रम घोषणा

 मङ्लबार, पुस १७, २०८० | onlinenews

 

रामेछाप- नेपाली काङ्ग्रेस बागमती प्रदेशका प्रतिनिधि समेत रहेका इन्जिनियर नारायणकुमार घिमिरेले शून्यमा एसइई कार्यक्रम घोषणा गरेका छन् । रामेछाप जिल्लाको शिक्षा क्षेत्रका एक हस्ती मावि प्रथम श्रेणीका शिक्षक लक्ष्मणकुमार घिमिरेका छोरा इन्जिनियर नारायणकुमारले बुबाले शिक्षा क्षेत्रमा पु¥याएको योगदानलाई अविस्मरणीय बनाउने उद्देश्यले शून्यमा एसइई कार्यक्रम घोषणा गरेका हुन् ।

बुबाले शिक्षण पेशाबाट स्वेच्छिक अवकाश पाएको दिन पारेर इन्जिनियर घिमिरेले बुबा स्वेच्छिक अवकाश भएको समयमा प्रधानाध्यापक रहेको मन्थली नगरपालिका–४ स्थित सेतीदेवी माध्यमिक विद्यालय सालुको कक्षा ९ र १० मा अध्ययन गर्ने विद्यार्थी वार्षिक रुपमा ४ जनको सम्पूर्ण पढाई खर्च व्यहोर्ने गरी शून्यमा एसइई कार्यक्रम घोषणा गरेका हुन् ।

उनको छिमेकी गाउँसमेत रहेको सालुको सेतीदेवी माविमा अध्ययन गर्ने गरिब विद्यार्थीलाई छात्र, छात्रा गरी वार्षिक ४ जनाका दरले कक्षा ९ र १० मा पढ्न लाग्ने सम्पूर्ण खर्च आफूले व्यवहोर्ने इन्जिनियर घिमिरले जानकारी दिए ।

यस कार्यक्रमलाई मन्थली नगरपालिका भरीका सार्वजनिक विद्यालयहरुमा विस्तार गर्दै लैजाने पनि इन्जिनियर घिमिरेले बताए । नेपाल शिक्षक सङ्घ रामेछापका तीन कार्यकालसम्म अध्यक्ष बनेका लक्ष्मणकुमार घिमिरले अनवरत ३८ वर्षे शिक्षण पेशाबाट २०८० पौष १६ गते स्वेच्छिक अवकाश (सेवा निवृत्ति) भएका हुन् ।

२०४२ सालदेखि अनवरत ३८ बर्ष अध्यापन पेशामा रहेका घिमिरे सविक महेन्द्रोदय माध्यमिक विद्यालय हाल मन्थली माध्यमिक विद्यालयका र गौरीशङ्कर उच्च माध्यमिक विद्यालयका पूर्व प्रध्यानाध्यापक समेत हुन् ।

प्रतिकृया

Add