रामेछापको तिल्पुङ हलेदेदेखि आकाशेसम्म र्याफ्टिङ

 शुक्रबार, माघ ५, २०८० | onlinenews

निरजकुमार श्रेष्ठ


रामेछाप– वृहत् रामेछाप महोत्सवअन्तर्गत शुक्रवार तामाकोसी नदीमा र्याफ्टिङ्मा सवार गरिएको छ । वृहत् रामेछाप महोत्सवको पर्यटन प्रवर्धन कार्यक्रमअन्तर्गत शुक्रवार लिखु तामोकासी गाउँपालिकाको लिल्पुङुग हलेदेदेखि मन्थलीको गाइखुरा पुलसम्म र्याफ्टिङ् सवार गराइएको हो । एक पटकमा १० जना सवार गर्न मिल्ने उक्त र्याफ्टिङमा हलेदेदेखि गाईखुरा पुलसम्मको भाडा १ हजार रुपैयाँ रहेको र्याफ्टिङ् सञ्चालक सुमन खड्काले जानकारी दिए । शुक्रवार एक खेपमात्र चलाइएको र्याफ्टिङ् शनिवार ३ खेप आउनेजाने गरिने सञ्चालन खड्काले जानकारी दिए । शुक्रवारको लागि र्याफ्टिङ् बुकिङ समेत भएको छ ।

र्याफ्टिङमा हलेदेबाट गाईखुरा पुलसम्म आउन ४५ मिनेट लागेको पनि सञ्चालक खड्काले बताए । शुक्रवार रामेछाप उद्योग वाणिज्य सङ्घका पदाधिकारीलगायतका व्यक्तिहरूले र्याफ्टिङ्मा सवार गरेका थिए । र्याफ्टिङ् गाइड ज्याक मगरले यस क्षेत्रको तामाकोसी नदी र्याफ्टिङ्को लागि एकदमै उपयुक्त रहेको बताए । यस एरियामा नियमित र्याफ्टिङ् सञ्चालन गर्न सके एकदमै राम्रो हुने ज्याकको भनाइ छ ।


वृहत् रामेछाप महोत्सवको पर्यटन प्रवर्धन गर्ने कार्यक्रमअन्तर्गत र्याफ्टिङ सञ्चालन गरिएको रामेछाप उद्योग वणिज्य सङ्घका अध्यक्ष नवीन थापा मगरले जानकारी दिए । रामेछापअन्तर्गत तामाकोसी नदीमा र्याफ्टिङ् नियमित सञ्चालन गर्न सकिएमा रामेछापको पयर्टन प्रवर्धन तथा आर्थिक विकासमा समेत टेवा पुग्ने अध्यक्ष थापा मगरको भनाइ छ । र्याफ्टिङ नियमित सञ्चालन गर्ने वातावरण निर्माण भएको रामेछापको तामाकोसीमा आफू व्यवसायिक रुपमा र्याफ्टिङ सञ्चालन गर्न तयार रहेको सञ्चाक सुमन खड्काले बताए ।

प्रतिकृया

Add