रामकुमार कार्कीको ‘म त सानु रामेछापको’ बोलको गीत बजारमा

 आइतवार, माघ १४, २०८० | onlinenews

 

रामेछाप– लोक दोहोरी गायक रामकुमार कार्कीले ‘घर त मेरो रामेछाप जिल्ला’ बोलको गीतबाट पाएको अपार सफलतापछि ‘म त सानु रामेछापको’ बोलको गीत बजारमा ल्याएका छन् । रामेछाप जिल्ला निवासी लोक दोहोरी गायक कार्कीले रामेछाप जिल्लाको प्रमुख स्थान, भूगोल, धार्मिक तथा पर्यटकीय स्थलहरुलाई समेटेर ‘म त सानु रामेछापको’ बोलको गीत बजारमा ल्याएका हुन् ।
आफ्नो जन्मभूमिप्रति समर्पित भएर आफ्नो जिल्लाको मुख्य मुख्य स्थल, भूगोल, धार्मिक तथा पर्यटकीय स्थलहरुलाई गीत मार्फत चिनाउने उद्देश्यले गीतमा जिल्लाका महत्वपूर्ण स्थानहरुलाई समेट्ने कोसिस गरिएको गायक कार्कीले बताए । जिल्लाको धार्मिक पर्यटन तथा पर्यटकीय क्षेत्रको विकासलाई गीतको माध्ययमबाट सहयोग पु¥याउने उद्देश्यले ल्याइएको ‘म त सानु रामेछापको’ बोलको गीतको अडियो गायक कर्कीको आफ्नै यूट्यूव च्यालन रामकुमार कार्कीबाट सार्वजनिक गरेका छन् ।
दर्जनौ गीतमा आवाज दिइसकेका लोक दोहोरी गायक कार्कीले यसअघि ‘घर त मेरो रामेछाप जिल्ला’ बोलको गीतबाट निकै चर्चा बटुल्न सफल भएका थिए । ‘घर त मेरो रामेछाप जिल्ला’ बोलको गीतमा पनि जिल्लाका प्रमुख स्थानहरुलाई समेटेर बनाइएको थियो । उक्त गीतको सफलतापछि गायक कार्कीले ल्याएका ‘म त सानु रामेछापको’ बोलको गीतको म्यूजिक भिडियो निर्माणको काम भइरहेको पनि गायक कार्कीले जानकारी दिए । हाल अडियोमा मात्र सार्वजनिक गरिएको ‘म त सानु रामेछापको’ गीतको म्यूजिक भिडियो समेत छिट्टै आउने गायक कार्कीले जानकारी दिए । गत पौष २७ गतेदेखि माघ ७ गतेसम्म रामेछापको सदरमुकाम मन्थलीमा आयोजना गरिएको वृहत रामेछाप महोत्सवमा समेत आएका लोक दोहोरी गायक कार्कीले आफू जन्मभूमिप्रति सधै समर्पित रहने बताएका थिए । आफू जन्मभूमिप्रति समर्पित भएर नै उक्त गीत बजारमा ल्याएको उनको भनाइ छ ।

प्रतिकृया

Add