बालबालिकालाई चिसोबाट बचाउन विद्यालयमा खाट र म्याटको व्यवस्था

 आइतवार, माघ १४, २०८० | onlinenews

 

रामेछाप- रामेछापको खाँडादेवी गाउँपालिका–७ ले साना कक्षामा पढ्ने बालबालिकाहरुलाई चिसोबाट बचाउन विद्यालयमा खाट, म्याट र चकटीको व्यवस्था गरेको छ । शिशुदेखि कक्षा ३ सम्म पढ्ने बालबालिकाहरुलाई चिसोबाट जोगाउन विद्यालयमै खाट म्याट र चकटीको व्यवस्था गरिएको वडाध्यक्ष सिरे तामाङले बताए । वडाध्यक्ष तामाङले भने बालबालिकाहरुलाई चिसोबाट बचाउन वडा कार्यालयको अगुवाइमा यो कार्यक्रम सञ्चालन गरिएको हो । वडा नम्बर ७ मा अधिकांश थामी समुदायका बालबालिकाहरु रहेको पनि वडाध्यक्ष तामाङले बताए ।

विद्यालयमा स्मार्ट बोर्डको व्यवस्था र डेबोडर्सको कार्यक्रम लागू गरिएपछि बालबालिकाहरुलाई विद्यालय जान कर गर्नु नपरेको अभिभावकहरुको भनाइ छ । पहिला त नानीहरुलाई स्कुल पठाउन कर लगाउनु पथ्र्यो अहिले त बिहान उठ्ने वित्तिकै विद्यालय हिँड्छन् चन्दरी थामीले भनिन् । अहिले त बिहानको खाना र दिउसोको खाजा पनि स्कुलले नै दिन्छ, त्यही भएर हामीलाई पनि सजिलो भएको छ, बच्चाहरुलाई स्कुल जान कहर लगाउनु पनि पर्दैन थामीले भनिन् । पहिला १० बजे स्कुल आउथ्यो, बच्चाको पढाइ पनि खासै राम्रो थिएन । अहिले त पढाइमा पनि सुधार आउँदै गएको छ, उनले भनिन् । विद्यालयमा डबोडर्सको कार्यक्रम सञ्चालन भएकोमा आफूहरुलाई खुसी लागेको अभिभावकहरुको भनाइ छ ।

प्रतिकृया

Add