रामेछाप प्रशासनले तोक्यो निषेधित क्षेत्र

 आइतवार, माघ १४, २०८० | onlinenews

 

रामेछाप- जिल्ला प्रशासन कार्यालय रामेछापले मन्थली बजारको केही क्षेत्रलाई निषेधिक क्षेत्र घोषणा गरेको छ । जिल्लाको मुख्य प्रशासनिक केन्द्र तथा मुख्य आगमन मार्गहरुमा भेला, अनसन, धर्ना, घेराउ र विरोध प्रदर्शन जस्ता कार्यक्रमहरु आयोजना गर्दा विभिन्न समूहबिच आपसी विवाद, झैझगडा, मुठभेड एवम् भिडन्त एवम् हुलदङ्गा भई शान्ति सुरक्षा भङ्ग हुन सक्ने अवस्था रहेको भन्दै निषेधित क्षेत्र भोषणा गरेको हो ।

मन्थली नगरपालिका–१ स्थित राष्ट्रिय बाणिज्य बैँकदेखि जिल्ला प्रशासन कार्यालय हुँदै कृषि विकास बैंक जाने सडक र त्यस सडकको ५० मिटर वरपरको क्षेत्रमा अनसन, धर्ना र ५ जना भन्दा बढि व्यक्तिहरु भेला भई घेराउ, विरोध प्रदर्शन जस्ता आन्दोलन वा विरोधका कार्यक्रमहरु गर्न निषेध गरिएको जिल्ला प्रशासन कार्यालय रामेछापले जनाएको छ ।

यस्ता गतिविधिहरुले समग्र शान्ति सुरक्षामा प्रत्यक्ष असर पर्नुको साथै सर्वसाधारण नागरिकको सेवा प्रवाहमा असर पर्ने कुरालाई मध्यनजर गरी मिति २०८० माघ १४ गतेको जिल्ला सुरक्षा समिति रामेछापको सिफारिस बमोजिम स्थानीय प्रशासन ऐन (संशोधन सहित), २०२८ को दफाको उपदफा (३.क) बमोजित निषेधित क्षेत्र घोषणा गरिएको जिल्ला प्रशासन कार्यालय रामेछापले जानकारी दिएको छ । २०८० माघ १० गतेदेखि नै लागू हुने गरी जारी गरिएको उक्त आदेश २ महिनासम्म जारी रहने पनि प्रशासनले जनाएको छ ।

प्रतिकृया

Add