मन्थली क्याम्पस सञ्चालक समिति अध्यक्षमा सुवेदी निर्वाचित

 आइतवार, माघ १४, २०८० | onlinenews

 

रामेछाप- मन्थली सहित स्मृति बहुमुखी क्याम्स सञ्चालक समितिको अध्यक्षमा उज्वल निर्वाचित भएका छन् । आइतवार भएको निर्वाचनमा ६० मत प्राप्त गरी अध्यक्ष पदमा निर्वाचित भएका हुन् । उनको प्रतिस्पर्धी नवराज घिमिरेले ५५ मत पाएका थिए ।

त्यसैगरी सञ्चालक समिति सदस्यहरुमा रामचन्द्र अधिकारी ६८ मत, नवीन केसी ६४ मत, दिपकराज प्रसाई ८२ मत र युवराज सुवेदी ९४ मत ल्याएर निर्वाचित भएका छन् । त्यसैगरी महिला सदस्यतर्फ सावित्रा घिमिरे (काफ्ले) निर्वाचित भएकी छन् ।

४ वटा खुल्ला सदस्य पदका लागि रामचन्द्र अधिकारी, नवीन केसी, दीपकराज प्रसाई, युवराज सुवेदी, रमेशकुमार उदास, शान्ता सुवेदी न्यौपाने, सुरेन्द्रबहादुर कार्की र हरिबंश कडरियाले उम्मेदवारी दिएका थिए भने १ महिला सदस्यका लागि सावित्रा घिमिरे काफ्ले र गङ्गादेवी कार्कीले उम्मेदवारी दिएकी थिइन ।

प्रतिकृया

Add