बैंक इन्स्योरेन्स ग्रुप (बिआइजी) रामेछापको अध्यक्षमा कार्की

 शनिबार, माघ २०, २०८० | onlinenews

 

रामेछाप- बैंक इन्स्योरेन्स ग्रुप (बिआइजी) रामेछापको अध्यक्षमा प्रदीपकुमार कार्की निर्वाचित भएका छन् । शनिवार सुकाजोरमा सम्पन्न भएको बिआइजीको वार्षिक साधारण सभा, पिकनिक तथा चौथो अधिवेशनले कार्कीलाई अध्यक्षमा निर्वाचित गरेको हो । सर्वसम्मतिबाट पदाधिकारी चयन गर्ने प्रयास सफल हुन नसकेपछि भएको निर्वाचनमा २९ मत ल्याएर कार्की निर्वाचित भएका हुन् । उनका प्रतिस्तपर्धी बिपीन भट्टराईले १२ मत पाएका थिए ।
त्यसैगरी समितिका अन्य पदाधिकारीहरुमा उपाध्यक्ष प्रदिप्त सिन्धुलीया, उपाध्यक्ष शान्ता श्रेष्ठ, महासचिव चन्द्रप्रकाश आचार्य, सचिव नवराज खड्का र कोषाध्यक्षमा निशान खड्का निर्वाचित भएका छन् ।

प्रतिकृया

Add