सुत्केरी हुन नसकेपछि हेलिकप्टरबाट उद्दार

 शुक्रबार, फाल्गुन १८, २०८० | onlinenews

रामेछाप- रामेछापको दोरम्बा शैलुङ गाउँपालिका–२ की सपना तामाङ सुत्केसी हुन नसकेपछि हेलिकप्टरबाट उद्दार गरी काठमाडौँ लगिएको छ । सुत्केसी हुन नसकेपछि ४१ वर्षीय सपनालाई हेलिकप्टर मार्फत प्रसूूतिगृह काठमाडौँ लगिएको हो । सुत्केरी हुन नसकेर प्रसव पीडामा छटपटाइरहेकी तामाङलाई रामेछाप प्रदेश (ख) का सांसद युवराज चौलागाईँको पहलमा नेपाली सेनाको हेलिकप्टर मार्फत काठमाडौँको प्रसूति गृहमा पठाइएको हो ।

समयमै सुत्केरी हुन नसकेर गम्भीर अवस्थामा पुगेकी तामाङलाई नेपाली सेनाको हेलिकप्टरबाट उद्दार गरी थप उपचारका लागि काठमाडौँको प्रसूति गृह पठाइएको सांसद चौलागाईले जानकारी दिए । बागमती प्रदेश सरकारको तर्फबाट निःशुल्क हेलिकप्टर व्यवस्था गरी बिरामीलाई काठमाडौँ पठाइएको सांसद चौलागाईले बताए । निःशुल्क हेलीकप्टर उपलब्ध गराउन सहयोग गरेको भन्दै बागमती प्रदेशका मुख्यमन्त्री सालिकराम जम्कट्टेल र प्रदेशको स्वास्थ्य मन्त्रालयप्रति सांसद चौलागाईले धन्यवाद ज्ञापन गरेका छन् ।

प्रतिकृया

Add