अन्तर्राष्ट्रिय महिला दिवसमा हाजिरीजवाफ प्रतियोगिता

 बिहिबार, फाल्गुन २४, २०८० | onlinenews

 

रामेछाप– ११४ औँ अन्तर्राष्ट्रिय महिला दिवसको अवसरमा रामेछाप जिल्लाको सुनापति गाउँपालिकाले हाजिरीजवाफ प्रतियोगिता आयोजना गरेको छ । ‘महिलामा लगानी सभ्य र समुन्नत समाजको थालनी’ भन्ने नाराका साथ सुनापति गाउँपालिकाले अन्तरवडा आमा समूह हाजिरीजवाफ प्रतियोगिता आयोजना गरी अन्तर्राष्ट्रिय महिला दिवस मनाएको हो ।

गाउँपालिकाको कार्यालयमा आयोजना गरिएको प्रतियोगितामा ५ वटै वडाका आमा समूहहरुले भाग लिएका थिए । हाजिरीजवाफ प्रतियोगितामा वडा नम्बर ५ ले १४० अङ्क प्राप्त गरी प्रथम भएको छ । त्यसैगरी वडा नम्बर १ ले १२५ अङ्क प्राप्त गरी द्धितीय र ११० अङ्क प्राप्त गरी वडा नम्बर २ ले तृतीय स्थान हासिल गरेको सुनापति गाउँपालिका उपाध्यक्ष गीता बिष्टले जानकारी दिइन् ।

उपाध्यक्ष विष्टका अनुसार वडा नम्बर ३ ले ८० अङ्क र वडा नम्बर ४ ले ४० अङ्क प्राप्त गरी सान्त्वना भएका छन् । प्रतियोगितामा सहभागिहरुलाई पुरस्कारको पनि व्यवस्था गरिएको थियो । प्रतियोगितामा प्रथम हुनेलाई ५ हजार, द्धितीयलाई ३ हजार र तृतीय हुने टिमलाई २ हजार रुपैयाँ पुरस्कार प्रदान गरिएको उपाध्यक्ष विष्टले जानकारी दिइन् । त्यसैगरी सान्त्वना भएका टिमलाई १÷१ हजार रुपैयाँ पुरस्कार प्रदान गरिएको थियो ।

प्रतिकृया

Add