लक्षित वर्गहरूसँग वित्तीय साक्षरता कार्यक्रम

 मङ्लबार, फाल्गुन २९, २०८० | onlinenews

सिन्धुली –  ग्लोबल आईएमई बैंक सिन्धुली शाखाले सोमवार लक्षित समूहका लागि वित्तीय साक्षरता कार्यक्रम सञ्चालन गरेको छ । वित्तीय पहुँचबाट बाहिर रहेका लक्षित वर्गहरू पहिचान गरी वित्तीय साक्षरता कार्यक्रम सञ्चालन गरेको हो । संस्थागत सामाजिक उत्तरदायित्व अन्तर्गत ग्लोबल आईएमई बैंक सिन्धुली शाखाले वित्तीय साक्षरता कार्यक्रम सञ्चालन गरेको हो ।
ग्लोबल आईएमई बैंक सिन्धुली शाखाका लोन म्यानेजर फडिन्द्रप्रसाद गौतमले ५ हजारभन्दा बढी व्यक्तिलाई बचत, कर्जा, रेमिट्यान्स, डिजिटल बैंकिङ, बिमा, लगानी, अतिरिक्त बैंकिङ सेवा, वित्तीय ठगी र वित्तीय अनुशासन सम्बन्धि जानकारी दिएका थिए ।

पछिल्लो समय बैंकको कर्मचारी भनि ठगी गर्ने गरेको भन्दै सावधानी रहन उनले उनले आग्रह गरे । ‘बैंकका कर्मचारीले फोन गरेर तपाइँको खाता निष्क्रिय हुन लागेको छ सक्रिय गराइदिन्छु भन्दै पासवर्ड माग्ने खालका गतिबिधि कहिल्यै गर्दैनन्, उनले भने । यदि सकैले त्यो भन्छन् भने तिनीहरु लुटेरा हुन’ गौतमले भने । वित्तीय साक्षरता कार्यक्रममा लघु, साना तथा मझौला उद्यमी, मजदुर, वैदेशिक रोजगारीमा जाने सम्भावना रहेका व्यक्ति, विद्यार्थी, महिला, विप्रेषण प्रापक तथा स्थानीय युवा युवतीको सहभागिता रहेको थियो ।

प्रतिकृया

Add