बाटेको धुप बनाउने तालिम सम्पन्न

 मङ्लबार, फाल्गुन २९, २०८० | onlinenews

रामेछाप- रामेछाप नगरपालिकाको ३ वटा वडाहरुलाई समेटेर आयोजना गरिएको बाटेको धुप बनाउने तालिम सम्पन्न भएको छ । अपाङ्ग सचेतन सेवा केन्द्र रामेछापले अपाङ्गता भएका व्यक्तिहरुका लागि बाटेको धुप बनाउनले तालिम आयोजना थियो । रामेछाप नगरपालिका वडा नं. ७, ८ र ९ का अपाङ्गता भएका व्यक्तिहरुलाई समेटेर ५ दिने बाटेको धुप बनाउने तालिम आयोजना गरिएको तालिम सोमवार समापन गरिएको अपाङ्ग सचेतन सेवा केन्द्र रामेछापका अध्यक्ष बद्री नयाँघरेले जानकारी दिए ।

तालिम बागमती प्रदेश सामाजिक विकास मन्त्रालयको सहयोगमा आयोजना गरिएको अपाङ्ग सचेत सेवा केन्द्र रामेछापले जानकारी दिएको छ । तालिम समापन कार्यक्रमलाई सम्बोधन गर्दै रामेछाप नगरपालिका उपप्रमुख बालकुमारी कार्कीले तालिममा सहभागिहरुलाई व्यवासयी बन्न आग्रह गर्दै धुप बिक्री बितरणको लागि नगरपालिकाले सहयोग गर्ने बताइन् । स्थानीयले उत्पादन गरेको धुप बिक्री वितरणका लागि नगरपालिकाले सहयोग गर्ने उपप्रमुख कार्कीले बताएकी छन् ।

बागमती प्रदेश सामाजिक विकास मन्त्रालयका उपसचिव गोपालप्रसाद कँडेलले समेत तालिमको अनुगमन गरेका थिए । ३ वटा वडाका ३० जना अपाङ्गता भएका व्यक्तिहरुले तालिम लिएको अपाङ्ग सचेत सेवा केन्द्र रामेछापका अध्यक्ष बद्री नयाँघरेले जानकारी दिए ।

प्रतिकृया

Add