मन्थली नगरपालिकाको चनखुमा आगलागी

 सोमवार, चैत्र ५, २०८० | onlinenews

 

रामेछाप– रामेछाप जिल्लाको मन्थली नगरपालिका–१० चनखुमा आगलागी भएको छ । चनखुको अक्षगाउँमा भएको आगलागीबाट एउटा घर र एउटा गोठ जलेर पूर्णरुपमा नष्ट भएको छ । स्थानीयका अनुसार अक्षगाउँ नजिकको ढ्याङ्ग्रे चिलाउने सामुदायिक वनमा भीषण आगलागी भई बनबाट फैलिएको आगो गाउँमा पुगेको थियो ।

आगलागीबाट अक्षगाउँका बालकृष्ण चौहानको एउटा घर र गोठ जलेर नष्ट भएको स्थानीय सरस्वती माध्यमिक विद्यालय चनखुका शिक्षक पवित्रा सोडारी बोहराले जानकारी दिइन् । उनका अनुसार आइतवार अक्षगाउँमा सल्केको आगो नियन्त्रणमा आए पनि गाउँको चारैतिर जङ्गलमा भने भीषण आगलागी भइरहेको छ । जङ्गलमा भीषण आगलागी भइरहेकाले मन्थली नगरपालिका–१० चनखुको टाहारगाउँ उच्च जोखिममा रहेको शिक्षक बोहराको भनाइ छ ।

प्रतिकृया

Add