पाल्पा र रामेछाप उद्योग वाणिज्य सङ्घबिच अन्तरक्रिया

 मङ्लबार, चैत्र ६, २०८० | onlinenews

 

 रामेछाप- रामेछाप उद्योग वाणिज्य सङ्घ र पाल्पा उद्योग वाणिज्य सङ्घबिच अन्तरक्रिया कार्यक्रम गरिएको छ । अध्ययन भ्रमणको क्रममा रामेछाप आइपुगेको पाल्पा उद्योग वाणिज्य सङ्घको भ्रमण टोली र रामेछाप उद्योग वाणिज्य सङ्घबिच अन्तरक्रिया कार्यक्रम गरिएको हो ।

अन्तरक्रिया कार्यक्रममा रामेछाप उद्योग वाणिज्य सङ्घका कार्यकारी अधिकृत नवीन केसीले रामेछाप उद्योग वाणिज्य सङ्घले स्थापनाकालदेखि हालसम्म गरेका गतिविधि र व्यवसायमुखी कार्यक्रमहरूको बारेमा जानकारी गराएका थिए । कार्यकारी अधिकृत केसीले जिल्लाका व्यवसायीहरूलाई सहयोग पु¥याउने तथा व्यवसायीहरूले उत्पादन गरेको वस्तुको बजारीकरण तथा प्रवर्धन गर्ने उद्देश्यले विगतमा सञ्चालन गरिएका ओभीओपी कार्यक्रमदेखि हाल सदस्यहरूलाई उपचार सेवामा विभिन्न अस्पतालमा गरिएको छुट व्यवस्था तथा आर्थिक गतिविधिहरूको बारेमा जानकारी दिएका थिए ।

रामेछाप उद्योग वाणिज्य सङ्घका अध्यक्ष नवीनकुमार थापा मगरले पाहुनाहरूलाई स्वागत गर्दै आफूहरूले आफ्ना सदस्यहरूको सहुलियतका लागि उपचार सेवामा छुट, यातायातमा छुट, सदस्य बिमालगायतका कार्यक्रमहरू ल्याएको बताए । जिल्लाका कृषकहरूले उत्पादन गरेका वस्तुहरू उद्योग वाणिज्य सङ्घले किनेर बजारीकरण गर्ने उद्देश्यले स्थानीय सरकारहरूसँग समन्वय भइरहेको पनि उनले बताए ।

त्यसैगरी रामेछाप उद्योग वाणिज्य सङ्घका पूर्वअध्यक्ष पशुपतिबहादुर खड्काले रामेछाप जिल्ला धार्मिक तथा पर्यटकीय रुपमा धनी जिल्ला भएकाले आगामी दिनहरूमा पनि रामेछाप जिल्लाको भ्रमणमा आउने भ्रमण टोलीलाई अनुरोध गरे ।

पाल्पा उद्योग वाणिज्य सङ्घका अध्यक्ष शैलेन्द्र भट्टराईले अन्तरक्रिया कार्यक्रममा पाल्पा उद्योग वाणिज्य सङ्घले सञ्चालन गर्दै आएको गतिविधिहरूको बारेमा जानकारी दिएका थिए । केही नयाँ कुरा सिकेर जाने र जिल्लामा पुगेर सिकेका कुरालाई व्यवहारका कार्यान्वयन गर्ने उद्देश्यले अध्ययन भ्रमणमा निस्किएको अध्यक्ष भट्टराइले बताए । पाल्पा उद्योग वाणिज्य सङ्घे पर्यटन वर्ष घोषणा कार्यक्रमको तयारी गरिरहेको भन्दै पर्यटन वर्ष घोषणा गर्नु पहिले नै पाल्ला भ्रमणमा आउन पनि उनले रामेछाप उद्योगा वाणिज्य सङ्घलाई निम्तो दिएको छन् ।

प्रतिकृया

Add